कांग्रेसले भन्यो– ओलीलाई ७६ (२) अनुसार प्रधानमन्त्री बनाउने सहमति

Kirci Gyan Kendra

नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउने खुलासा गरेको छ ।  बुधबार बिहान बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसले त्यस्तो बताएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६(२) बमोजिम माननीय के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधिसभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ,’ कांग्रेसले भनेको छ ।

त्यस्तै बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलबीच भएको सहमतिलाई पनि अनुमोदन गरेको थियो । त्यस्तै दुई नेताबीचको सुरुमा ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा चुनावसम्मै प्रधानमन्त्री बन्ने सहमति बनेको समेत कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.