जोखिम देखिएपछी मंगलसेन नगरपालिका द्धारा कुकुरहरुमा रेबिज बिरुद्धको खोप लगाइदै

Kirci Gyan Kendra

मंगलसेन नगरपालिका भित्रका घरपालुवा र भुस्याहा कुकुरहरुमा रेबिज बिरुद्धकाे खाेप लगाउने कार्य अभियानको रुपमा सुरु गरिएको छ । मंगलसेन नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अछाकाे संयुक्त  पहलमा सोमबारबाट खोप लगाउँने कार्य सुरु गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

मंगलसेन बजार क्षेत्रमा केही दिन अघि अस्वभाविक लक्षणहरु देखाई मान्छे, गाईगोरुलाई टोक्दै हिडिरहेका कुकुरमा रेबिज प्रमाणित भएपछी पशुसेवा विज्ञ केन्द्रको समन्वयमा नगरपालिकाले भ्याक्सिन लगाउन सुरु गरेको जनाईएको छ । नगरपालिकाबाट पशुसेवा शाखा प्रमुख नेत्र बहादुर कठायत, पशु प्राविधिक रबिन्द्र केसी,शिवराज ढुंगाना, खेमराज खनाल, मिन बहादुर थापा लगायतलाई परिचालन गरि बजारमा रहेका भुस्याहा कुकुरहरुमा भ्याक्सिन लगाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।

प्राणघातक रोग रेबिजको संक्रमण फैलन नदिन सतर्कता अपनाउदै आफ्नो घरमा पालेका कुक्रहरुलाई नगरपालिका कार्यालय वा पशुसेवा विज्ञ केन्द्रमा लिएर खोप लगाउन नगरपालिकाले सवै नगरवासिलाई अनुरोध गरेको छ । साथै भुस्याहा कुकुर नियन्त्रणमा लिई खोप लगाउने कार्यमा आ-आफ्नो तर्फबाट सहयोग गर्न नगरपालिकाले अनुरोध गरेको सूचना अधिकारी बिष्णु प्रसाद जैसीले जानकारी दिनुभयो ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.