एसईई २०८० को ग्रेडवृद्धि परिक्षाः अछाममा २ हजार ८ सय ९७ जना सहभागी हुने, सवैभन्दा बढी गणित विषयमा

Kirci Gyan Kendra

मद्यामिक शिक्षा परीक्षा (एसईई २०८०) को ग्रेडवृद्धि परिक्षा अन्तरगत अछाममा २ हजार ८ सय ९७ जना सहभागी हुने भएका छन । शिक्षा विकास तथा समन्वय इकाई अछामका अनुसार यहि श्रावण २३ गतेदेखि सञ्चालन हुने ग्रेडवृद्धि परीक्षामा १ हजार ३ सय १६ जना छात्र र १ हजार ५ सय ८१ जना छात्रा गरि गरी २ हजार ८९७ जना सहभागी हुन लागेका हुन ।

Samajik New Add 2082
Saud Agro Kailash

माद्यामिक शिक्षा परीक्षा (एसईई २०८०) को ग्रेडवृद्धि परिक्षामा सवैभन्दा बढी विद्यार्थि अनिवार्य गणित विषयमा रहेका शिक्षा विकास तथा समन्वय इकाई अछामका सूचना अधिकारी सुरेन्द्र बजगाईले जानकारी दिनुभयो । सूचना अधिकारी बजगाईका अनुसार अनिवार्य अङ्ग्रेजीमा १हजार ७ सय ९६ जना, नेपालीमा ८ सय ५९ जना,  बिज्ञानमा १ हजार २ सय ६१ जना र सामाजिकमा ८ सय ४ जना परिक्षार्थि रहेका छन । यसैगरी ऐच्छिक विषयहरु अर्थशास्त्रमा ८ सय ५६, लेखामा २ सय २३, गणितमा ३९ जना, जनसंख्यामा १० जना, बाताबरणका २ जना, शिक्षामा ५७ जना, स्वास्थका १४ जना, कम्प्युटरका ५६ जना, कृषिका ३४ जना र प्राविधिक धारतर्फका परीक्षार्थी ४२ जना रहेका छन ।

ग्रेडवृद्धि परिक्षाका लागि जिल्लाभरिमा सवै विद्यार्थिहरुका लागि विभिन्न ८ वटा विद्यालयहरुमा परिक्षा केन्द्रहरु निर्धारण गरिएको छ । जसमा षोडशादेवी मावि मंगलसेन, राधा मावि बोगटीगाउँ, जनकल्याँण मावि साँफेबगर, सुर्यचन्द्र मावि कालिमाटी, कालिकेश्वरी मावि तुर्माखाँद, नेरा मावि चाफामाण्डौ, विद्यामन्दिर मावि बिनायक र जाल्पादेवी मावि ढाँकु रहेका छन । ग्रेडवृद्धि परिक्षालाई शान्तिपूर्ण, मर्यादित र सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आवश्यक प्रवन्ध मिलाईएको भन्दै सूचना अधिकारी बजगाईले सवैले आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न अनुरोध गर्नुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.