सहायक हवल्दार बोहराको प्रहरीको शोक सलामी सहित अन्त्येष्टि

Kirci Gyan Kendra

ड्युटीको क्रममा अचानक बेहोस भई लडि उपचारको क्रममा जिल्ला अस्पतालममा मृत्यु भएका सहायक हवल्दार टंक बहादुर बोहराको हिन्दु परम्परा अनुसार अन्तिम दाहासंस्कार गरिएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जिल्ला प्रहरी कार्यालय बझाङ अपराध अनुसन्धान समुह दरबन्दी भई जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत बोहराको मंगलसेन नगरपालिका वडा नम्बर-०९ स्थित कैलाश खोलामा प्रहरी टोलीले शोक सलामी सहित संगठनको झण्डा ओडाई सम्मानका साथ परम्परा अनुसार अन्तिम दाहासंस्कार गरेको गरिएको हो ।

मृत्यु भएका ३६ बर्षिय हवल्दार बोहराको अन्येष्टि तथा शोक सलामीमा अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, गोरख बक्स गण मंगलसेनका प्रमुख सेनानी संगम अधिकारी, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारी, राष्ट्रिय अनुसन्धान कार्यालय अछामका प्रमुख अनुसन्धान अधिकृत दिल बहादुर चौधरी, शसस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्म सतफेबगरका योगेन्द्र भण्डारी लगाएत निजका आफन्तको उपस्थिति रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.