ओलीको निरंकुश, तानाशाही र व्यक्तिवादी प्रवृतिविरुद्ध विद्रोह भएकोः नेता कुँवरको
समाजवादीको पायलमा दशै तिहारको शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) चौरपाटी गाउँपालिका संगठन कमिटी वडा नं ४ पायलको आयोजनामा दशै तिहारको शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष सुरत कुँवरको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )का केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहनुभएको थियो।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य कुँवरले कम्युनिष्ट आन्दोलनभित्रको निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले केपी ओलि अघि बढेका कारण कम्युनिस्ट पार्टी छिन्न भिन्न भएको बताउनुभयो ।ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध एमालेमा विद्रोह भएको धारणा व्यक्त गर्नुभयो । पार्टी चिन्हले ठुलो नभई विचारले ठुलो बन्ने बताउनुभयो । अब समाजवादी पार्टीले लिएका विचारका कारण समाजवादी ठुलो पार्टी बन्ने दाबी गर्नुभयो । कम्युनिस्ट विचार भएका पार्टी मिलेर अघि बढ्ने पनि धारणा व्यक्त गर्नुभयो ।

यस्तै फरक प्रसगमा बोल्दै राष्ट्रिय सभा सदस्य कुँवरले अछामको विकास निर्माणको लागि आफै सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासको लागि सरकारको ध्यानाकर्षण गर्न पनि प्रतिबद्धा व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर लगायतलाई सम्मानित गरिएको थियो ।
शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सचिवालय राजेन्द्र कुँवर, जिल्ला कमिटी सदस्य हर्कबहादुर लोहार, मोहन सिंह बोहरा, तपेद्र कुँवर, युवा संघका केन्द्रिय सचिवालय सदस्य बमबहादुर धामी, केन्द्रिय सदस्य सतिश कुँवर,गाउँ संगठन कमिटी सचिव खगेन्द्र बोहरा, जिल्ला सल्लाहकार सदस्य रन सिंह धामी, दलबहादुर कुँवर लगायतले बोल्नुभएको थियो ।
वडा कमिटी उपाध्यक्ष इन्द्र कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सन्चालन वडा कमिटी सचिव शेरबहादुर सुनारले गर्नुभएको थियो ।

