राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा मंगलसेन बजार क्षेत्रमा सरसफाइ

Kirci Gyan Kendra
Saud Agro Kailash

अछाम: अछामको सदरमुकाम मंगलसेनमा सरसफाइ अभियान सम्पन्न गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंगलसेन नगर कमिटीको आयोजनामा मंगलसेन बजार क्षेत्र सरसफाइ गरिएको हो।
सरसफाइ कार्यक्रममा प्रतिनिधिसभा सदस्य टीका संग्रौला (ज्वाला) को विशेष सहभागिता रहेको थियो। सरसफाइ कार्यक्रममा मंगलसेन प्रहरी चौकीका प्रमुख करन बहादुर पार्की सहित स्थानीय युवा र रास्वपा मंगलसेन नगर समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
क्याम्पस चाेक देखि मंगलसेन बैरागीधारा सम्म सरसफाइ गर्दै सडक तथा सार्वजनिक स्थानमा जम्मा भएको फोहोर व्यवस्थापन गरिएको रास्वपा मंगलसेन नगर समितिले जनाएको छ। अभियानका क्रममा सुरक्षाकर्मी, स्थानीयवासी र युवाहरूले हातमा झाडु तथा सरसफाइ सामग्री लिएर सडक सफा गरेका थिए।
बजार सरसफाइ पश्चात् प्रतिनिधिसभा सदस्य संग्राेलाले आफ्नो घर वा पसलबाट निस्कने फोहोर जथाभावी सडकमा नफाल्न र परिवर्तन आफैँबाट सुरु गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ। यस्ता कार्यक्रमले नगर क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.