
मङ्गलसेन नगरपालिकाले बडादशैं तथा शुभदिपालवलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नगरपालिकाकाका जनप्रतिनिधि र कर्मचारी तथा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितिमा शुभकामना आदान प्रदान गरिएको हो ।

नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरु र सहभागी सवैले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । बडादशैं तथा दिपावलि लगायतका चाँडपर्वहरुले आपसी सदभाव, भाईचारा, एकता र शान्ति सुव्यवस्थाका लागि सवै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्नेमा सहभागीले जोड दिएका छन ।

कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावल, प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारी लगायत भवानी बक्स गण र खप्तड गुल्मका प्रमुख, नेकपा एमालेका जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहरा, नेपाली काङ्ग्रेस जिल्ला सदस्य राजेशबाबु बाेगटी, नेकपा एकिकृत समाजबादीका जिल्ला सचिवालय सदस्य बम बहादुर रावल, पूर्व नगर उपप्रमुख सरिता उपाध्याय लगायत सवै वडा अध्यक्षहरु, शाखा प्रमुख लगायत कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नगर उपप्रमुख संगिता कुमारी रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको थियो ।


