सुदूरपश्चिममा झण्डै २ हजारले गरे देहत्याग, विद्यार्थी जोगाउन चुनौति

Kirci Gyan Kendra

धनगढीः सुदूरपश्चिममा झण्डै २ हजार जनाले देहत्याग गरेका छन्। देहत्याग गर्नेमा विद्यार्थीदेखि कर्मचारीसम्मै छन् ।

Samajik New Add 2082

आर्थिक वर्ष २०७७\७८ देखि आर्थिक वर्ष २०७९/८० सम्मको अवधिमा मात्र आफैले आफैलाई मार्ने पुरुषको संख्या ९ सय ८४ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकले देखाएको छ। सो अवधिमा मात्रै ७ सय ५८ महिलासहित एक हजार ९ सय ६८ पुरुषले देहत्याग गरेको पाइएको छ।

सुदूरपश्चिममा यसरी देहत्या गर्नेमा २० वर्ष उमेरसम्मका २३ दशमलव ८९ प्रतिशत, २० देखि ४० वर्ष उमेरसम्म सबैभन्दा बढी ४३ दशमलव ९१ प्रतिशत र ४० वर्षभन्दा माथि उमेर समुहका ३२ दशमलव २० प्रतिशत रहेको पाइएको छ। सबैभन्दा धेरै झुण्डिएर ७७ दशमलव ८९ प्रतिशत, विष सेवन गरेर १८ दशमलव ६५ प्रतिशत, नदीमा हाम फालेर १ दशमलव २६ प्रतिशत, आत्मदाह र हतियार प्रहारबाट शून्य दशमलव शून्य ५ प्रतिशत तथा अन्य २ दशमलव शून्य ६ प्रतिशतले देहत्याग गरेको देखिएको छ।

Saud Agro Kailash

देहत्याग गर्नेहरुमध्ये पेशाको आधारमा विश्लेषण गर्दा कृषि पेशामा आवद्ध सबैभन्दा धेरै ४२ दशमलव १९ प्रतिशतले देहत्याग गरेको देखिएको छ। यस्तै २१ दशमलव ५२ प्रतिशत विद्यार्थी, ५ दशमलव ५६ प्रतिशत व्यापारी, ४ दशमलव ४३ प्रतिशत कर्मचारी, १० दशमलव ७३ प्रतिशत मजदुर र १४ दशमलव ४६ प्रतिशत बेरोजगारले देहत्याग गरेको प्रहरीको अध्ययन प्रतिवेदनले देखाएको छ।

जातजातीका आधारमा विश्लेषण गर्दा सबैभन्दा बढी ब्रामण/क्षेत्री ३६ दशमलव ४६ प्रतिशतले देहत्याग गरेको देखिएको छ। दलित २७ दशमलव ७२ प्रतिशत, जनजाती २६ दशमलव ६९ प्रतिशत, मधेसी ४ दशमलव १९ प्रतिशत, मुस्लिम शून्य दशमलव ४० प्रतिशत र अन्य ४ दशमलव ४२ प्रतिशतले देहत्याग गरेको पाइएको छ।

सबैभन्दा बढी विवाहित ५८ दशमलव ८४ र अबिवाहित ४१ दशमलव १६ प्रतिशतले आफ्नो प्राण आफै परित्याग गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। मानसिक रोगको समयमै पहिचान र उपचारको व्यवस्था हुनुपर्ने, पालिकास्तरमा मनोविमर्श/परामर्श कक्षा स्थापना हुनुपर्ने, आय–आर्जन तथा रोजगार सम्वन्धि विशेष कार्यक्रम सञ्चालन हुनुपर्ने, विभिन्न किसमका विषादी बिक्रीवितरणलाई कडा नियमन गर्नुपर्ने तथा प्रतिबन्धित औषधिहरु विक्रीवितरणमा कडाइ गर्न सके देहत्याग न्युनिकरण गर्न सकिने प्रहरी अधिकृतहरुको निष्कर्ष छ।

विद्यार्थीदेखि कर्मचारीसम्मै देहत्याग गर्न थालेपछि जोगाउन ठुलो चुनौति नै खडा भएको सरोकारवाला बताउँछन्। यस्तै आर्थिक वर्ष २०८०/८१ मा थप ५ सय ५५ जनाले देहत्याग गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा देहत्यागका घटना विकराल बन्दै गएका छन्। पछिल्लो वर्षमा मात्रै ५ सय ५५ मध्ये तराईका दुई जिल्ला कैलालीमा २ सय ३६ र कञ्चनपुरमा १ सय ६१ जनाले देहत्याग गरेका छन्। कैलाली र कञ्चनपुरमा मात्र एक वर्षमा ३ सय ९७ जनाले देहत्याग गरेका छन् भने बाँकी सात पहाडी जिल्लामा १ सय ५८ जनाले देहत्याग गरेको पाइएको छ।

-dineshkhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.