दार्चुलामा १६ वर्षीया किशोरी आफन्तबाटै जबरजस्ती करणीको सिकार

Kirci Gyan Kendra

धनगढीः दार्चुलामा एक १६ वर्षीया किशोरी आफन्तबाटै जबरजस्ती करणीको सिकार बन्न पुगेकी छन्। मदिरा सेवन गरेर ती किशोरीलाई जबरजस्ती करणी गरिएको आरोप छ।

Samajik New Add 2082

कक्षा ८ मा पढ्ने ती किशोरी आफन्तबाटै जबरजस्ती करणीको सिकार बन्न पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। किशोरी करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ। शुक्रबार मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Saud Agro Kailash

१६ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ती पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र रावतले बताए। किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडित किशोरीको घर–परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको उनले बताए।

पीडित किशोरीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। पक्राउ परेका पुरुषलाई आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी रावतका अनुसार पीडित किशोरी र उनका परिवारले ती पुरुषले जबरजस्ती करणी गरेको आरोप लगाएका छन्।

‘प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका ती पुरुषले पनि आंशिक रुपमा त्यस्तो आरोप स्वीकारेको अवस्थामा छ। पक्राउ परेका आरोपित पुरुषले प्रहरीसँगको बयानमा मदिरा सेवन गरेको अवस्थामा प्राइभेट पाटहरु चलाएको भन्ने सम्म स्वीकार गरेको अवस्था छ तर विस्तृत रुपमा अनुसन्धान भइरहेकाले अहिले नै भन्न सकिने अवस्था छैन्।’ हाडनाता सम्वन्धि करणी भएकाले आरोपित पुरुषको नाम भने गोप्य राखिएको छ।

-deneshkhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.