अछामका ४ पालिकामा सिडिआरपी कार्यक्रम लागु हुदै, सरोकारवालाको संवेदनशिलता कार्यशाला गरियो

Kirci Gyan Kendra

अछाम जिल्लाका ४ वटा स्थानीय तहमा सामुदायिक समृद्धि सुधारका लागि समग्र विकास तथा अनुसन्धान कार्यक्रम (CDRP) लागु हुने भएको छ । हस्ती नेपाल र जिडिएफ अमेरिकाको सहयोगमा सुरो नेपाल मार्फत अछामको मंगलसेन र साँफेशगर नगरपालिका तथा चौरपाटी र रामारोशन गाउँपालिकामा कार्यक्रम सञ्चालन हुन लागेको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

समुदायमा शिक्षा, स्वास्थ्य, उद्यमशिलता र कृषि क्षेत्रलाई प्राथमिकतामा राखि आफ्ना क्रियाकलापहरु सञ्चालन गर्ने परियोजनाको लक्ष रहेको छ  । परियोजना कार्यान्वयनका क्रममा जिल्ला स्थित सरोकारवालाहरुलाई जानकारी गराउने तथा सुझाव संकलन गर्ने उदेश्य सहित परियोजनाले शुक्रबार सरोकारवालाको संवेदनशिलता कार्यशाला सम्पन्न गरेको हो । सुरो नेपालका अध्यक्ष सुशिला खड्काको अध्यक्षता र अछाम क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउद, अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, मंगलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावल, रामारोशन गाउँपालिका उपाध्यक्ष सिर्जना बुढा, चौरपाटी गाउँपालिका उपाध्यक्ष सर देवी खड्का अतिथि रहनुभएको थियो । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख प्रतिनिधि, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु र ४ वटै पालिकाबाट जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पत्रकार र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

छलफल तथा समूह कार्य मार्फत परियोजनाका लागि आवश्यक सुझाव र स्थानीय आवश्यकताको पहिचान गरिएको कार्यशालाको सहजिकरण हस्ति नेपाल र जिडिएफका प्रमुख डाक्टर रंगराज ढुंगानाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.