रास्वपामा दुई उपसभापतिलाई बेग्लाबेग्लै जिम्मेवारी

Kirci Gyan Kendra

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा दुई उपसभापतिलाई बेग्लाबेग्लै जिम्मेवारी दिइएको छ।

Samajik New Add 2082

शनिबारको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी) र स्वर्णिम वाग्लेलाई कामको जिम्मेवारी तोकेको हो।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरी हिरासतमा छन्। उनलाई प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेर पोखरा लगेको थियो।

सभापति लामिछानेले कार्यवाहक सभापतिको जिम्मा कसैलाई पनि तोकेका छैनन्।

Saud Agro Kailash

सभापति लामिछाने पक्राउपछि रास्वपाले पोखराकेन्द्रित आन्दोलन गर्दै आएको छ भने काठमाडौंलगायत ठाउँमा पनि प्रदर्शन भएका छन्। सभापति पक्राउ परेपछि रास्वपाका नियमित गतिविधि भने ठप्पजस्तै थिए।

त्यसैले शनिबार बसेको केन्द्रीय समितिले उपसभापतिहरूलाई कामको जिम्मेवारी दिनेदेखि केही निर्णयहरू गरेको छ।

कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलन सञ्चालन गर्न उपसभापति अर्यालको नेतृत्वमा सात प्रदेश सभापतिहरू रहने आन्दोलन सञ्चालन मूल समिति गठन गरिएको छ।

सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलनलाई निरन्तरता दिने बताएको छ।

यस्तै अर्का उपसभापति वाग्लेलाई राजनीतिक नागरिक संवादको जिम्मेवारी दिइएको छ। आवश्यक उपसमितिहरू गठनको अख्तियारी पनि वाग्ले संयोजकत्वको समितिलाई केन्द्रीय समितिले अधिकार दिएको छ।

रास्वपाले स्थगित रहेका जिल्ला भेला, सांगठानिक र पार्टी गतिविधि सञ्चालन गर्ने पनि निर्णय गरेको छ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.