विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी अछामद्वारा प्रगतिशील देउसिभैलाे खेलिदै

Kirci Gyan Kendra

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले अखिल समाजवादी अछामले देउसिभैलाे कार्यक्रम सुरु गरेको छ । संगठनकाे नेतृत्वमा “समाजबादका लागि प्रगतिशील देउसिभैलाे कार्यक्रम” नाम दिएर कार्यक्रम सुरु गरिएको हाे ।

Samajik New Add 2082
Saud Agro Kailash

संगठन मार्फत विद्यार्थीलाई रचनात्मक र सकारात्मक रुपमा परिचालन गर्ने हेतुले प्रगतिशील देउसिभैलाे कार्यक्रम सुरु गरिएको संगठनले जनाएको छ । प्रगतिशील देउसिभैलाेकाे अछाम सदरमुकाम मंगलसेन स्थित बसपार्कबाट सुरु गरिएको छ । जनयुद्धमा अछामका प्रथम सहिद टंक बाेगटीका बुवा तथा टंक स्मृति प्रतिष्ठानका अध्यक्ष अम्मर बहादुर बाेगटीले देउसिभैलाे कार्यक्रमकाे उदघाटन गर्दै शुभकामना दिनुभएको थियाे ।

साे कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज मिना सि, केन्द्रीय प्रतिनिधि सदस्य निरक सि, अखिल समाजबादी बागमति प्रदेश सह ईञ्चार्ज रमेश सि, पार्टीका जिल्ला जनसरकार प्रमुख, तिलक सि, पार्टीका कमलबजार नगर ईञ्चार्ज निर्मल सि लगायत विद्यार्थी संगठनका पदाधिकारी र कलाकारहरूको सहभागीता रहेको थियोे ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.