मङ्गलसेन १३ बस्तीमा खेलकुद कार्यक्रम: पूर्व मन्त्री अक्कल रावलले गरे उदघाटन

Kirci Gyan Kendra

मङ्गलसेन नगरपालिका १३ मा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा स्तरीय खेलकुद विकास समितिको आयोजनामा कार्यक्रम गरिएको हाे ।

Samajik New Add 2082

प्रतियोगिताकाे एक समारोहबीच सुदूरपश्चिम प्रदेशका नि बर्तमान आर्थिक मामिला मन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष अक्कल रावलले उदघाटन गर्नुभएको थियोे । कार्यक्रम उदघाटन गर्दै प्रमुख अतिथि रावलले ग्रामीण स्तरमा आयोजना हुने खेलकुदका कार्यक्रमले खेल क्षेत्रकाे विकासमा टेवा पुग्ने बताउनुभयो । युवाहरुकाे प्रतिभा पहिचान र खेलकुदकाे विकासका लागि यस्तै खाले प्रतियोगिताहरु गर्दै जानुपर्नेमा उहाले जाेड दिनुभयो ।

खेलकुद कार्यक्रममा क्रिकेट र भलिबलकाे छुट्टाछुट्टै प्रतियोगिता सञ्चालन गरिने आयाेजकले जनाएको छ ।

Saud Agro Kailash

बस्ती खेलकुद विकास समितिका अध्यक्ष पुरन बिकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख बिशिस्ट अथिति वडा नम्वर १३ का वडा अध्यक्ष हिक्कम बोगटी, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य टंक थापा, यशोधरा माबिका प्रधानाध्यापक लाल बहादुर धामी रहनुभएको थियो । अन्य अतिथिमा नेपाली काङ्ग्रेसका जगत थापा, एमालेका तेज बहादुर थापा, नेकपा माओवादी केन्द्र हरिस दमाई, राष्ट्रिय स्वतन्त्र पार्टीका दिपक साउद, राप्रपाका केशर बोगटी रहनु भएको थियो ।

कार्यक्रमको संचालन धनबिर नेपाली गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.