भुटानले पायो साफ च्याम्पियनसिपमा फेयर प्ले अवार्ड

Kirci Gyan Kendra

साफ महिला च्याम्पियनसिपमा भुटानले फेयर प्ले अवार्ड प्राप्त गरेको छ।

Samajik New Add 2082

बुधबार दशरथ रंगशालामा प्रतियोगिताको समापन समारोहमा भुटानलाई यो अवार्ड प्रदान गरिएको हो।

भुटान सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको थियो। बंगलादेशले भुटानमाथि ७–१ को फराकिलो जित हात पारेको थियो। अघिल्लो संस्करणमा भुटान बंगलादेशसँग ८–० को फराकिलो अन्तरले समिफाइनलमै पराजित भएको थियो।

Saud Agro Kailash

यसपालि भुटानले निकै सुधारिएको छवि बनाएर नेपालबाट फर्किएको छ।

समूह चरणको खेलमा भुटानले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको थियो। भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरसहित पराजय चखाएको थियो।

बेस्ट गोलकिपरको उपाधि बंगलादेशकी रूपना चक्माले प्राप्त गरेकी छन्। यस्तै सबैभन्दा मूल्यवान् खेलाडी पनि चक्मा नै घोषित भएकी छन्।

सबैभन्दा बढी गोल गर्ने खेलाडी भुटानकी डेकी लाजोङ घोषित भएकी छन्। उनले यस प्रतियोगितामा ८ गोल गरेकी छन्।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.