महिला शिक्षकको नेतृत्वले प्रगतिशिल आ. वि. उत्कृष्ट र नमूना विद्यालयकाे रुपमा रहेकोः नगर उपप्रमुख रावल

प्रगतिशील आधारभूत विद्यालय मङ्गलसेन नगरपालिका १ लेष्टिगाडमा देउसी भैलाे २०८१ काे समीक्षा तथा समापन कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनिराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनुभएकाे थियाे ।


कार्यक्रममा बाेल्दै उहाले महिला शिक्षकले नेतृत्व गरेको विद्यालयले उत्कृष्ट र नमूना विद्यालयकाे परिचय दिएकाे बताउनुभयो । प्रगतिशील आधारभूत विद्यालयले शैक्षिक र अतिरिक्त क्रियाकलापमा समेत आफ्नो प्रभाव देखाएकाे भन्दै अझै नमूना विद्यालयकाे रुपमा विकास गरिने उल्लेख गर्नुभयो । नगरपालिकाले विद्यालयको शैक्षिक तथा भाैतिक विकासका लागि नगरपालिका तयार रहेकाे उहाँको भनाइ छ ।
कार्यक्रमका विशिष्ट अतिथिमा वडानम्वर १ का अध्यक्ष लाेक राज नाथ, वडानम्वर ५ का अध्यक्ष झंकर प्रसाद भाट, वडानम्वर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बाेहरा रहनुभएकाे थियोे । उहाहरुले विकटमा पनि उच्च व्यवस्थापनका साथ उत्कृष्ट रुपमा विद्यालय सञ्चालन गरेकाे भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य हंश कुमारी राना, नेकपा एमालेका वडा कमिटी अध्यक्ष प्रसान्त राना, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, मङ्गलसेन नगरपालिकाका एमआईएस अपरेटर हाेम बहादुर साउद, कालिका सामुदायिक वन समूहका सचिव बिर्ख राना, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कम्मान थापा, मालिका सामुदायिक सिकाई केन्द्रका सका निर्मला पाल थापा, बालक्लवका अध्यक्ष पदम रानाले मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रमका अवसरमा देउसी भैलाेबाट जम्मा ९२ हजार ६ सय संकलन भएकोमा ३१ हजार १ सय ८० रुपैयाँ खर्च भएको र ६१ हजार ४ सय २० रुपैयाँ बचत रहेको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरिएको थियोे । शिक्षक गाेपाल जैगडीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमकाे सञ्चालन प्रधानाध्यापक चन्द्रकला बिष्टले गर्नुभएको थियाे ।

