भट्टेमालिका युवाक्लव द्वारा चिट्ठा कार्यक्रमबाट बचत रकम मृगौला पिडितलाई सहयोग

Kirci Gyan Kendra

मङ्गलसेन नगरपालिका १ मा रहेको भट्टेमालिका युवाक्लवले चिट्ठा कार्यक्रमबाट बचत भएको रकम मृगौला पिडितलाई सहयोग गरेकाे छ । क्लबले तिहारकाे अवसरमा आयोजना गरेको चिट्ठा कार्यक्रमबाट  बचत भएको रकम मङ्गलसेन नगरपालिका १ निवासी मृगौला पिडित नरेन्द्र साउदलाई सहयोग गरेकाे हाे ।

Samajik New Add 2082
Saud Agro Kailash

दुबै मृगौला फेल भई उपचाररत रहेका साउदलाई भेटेर युवा क्लबका अध्यक्ष बिर्ख रानाले नगद ५ हजार सहयोग हस्तान्तरण गरेका हुन । चिट्ठा कार्यक्रमबाट बचत भएको रकम सामाजिक तथा सार्वजनिक क्षेत्रमा खर्च गर्ने उदेश्य अनुरुप मृगौला पिडित बिरामी साउदलाई थाेरै भएपनि राहत हाेस भन्ने हेतुले सहयोग गरिएको अध्यक्ष रानाले बताउनुभयो ।

भट्टेमालिका युवाक्लवले यहि कार्तिक १७ गते तिहार विशेष खसी उपहार चिट्ठा कार्यक्रम संचालन गरेकाे थियाे । आगामी दिनमा पनि यस्तै सामाजिक तथा सार्वजनिक कार्हयहरुलाई क्लबले निरन्तर अगाडि बढाउने जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.