मालिका सामुदायिक सिकाई केन्द्रले मंसिर २१ र २२ गते वृहत साँस्कृतिक कार्यक्रम तथा शैक्षिक मेला आयोजना गर्ने

मङ्गलसेन नगरपालिका १ मा रहेको मालिका सामुदायिक सिकाई केन्द्रले मंसिर २१ र २२ गते वृहत साँस्कृतिक कार्यक्रम तथा शैक्षिक मेला आयोजना गर्ने भएको छ । सिकाई केन्द्रको बुधबार सम्पन्न वैठक तथा छलफल कार्यक्रमबाट उक्त निर्णय गरिएको हो ।

मालिका सामुदायिक सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षता एवं मंगलसेन नगरपालिका १ का वडा अध्यक्ष लोक राज नाथको प्रमुख आतिथ्यतामा भएको वैठकले साँस्कृतिक कार्यक्रम तथा शैक्षिक मेलामा गरिने गतिविधिहरु तय गरेको छ ।
कार्यक्रममा संस्थाको साधारणसभा संगै लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा चेतनामुलक देउडा न्याउले लगायत स्थानीय कला संस्कृति झल्किने साँस्कृतिक कार्यक्रम गरिनेछ । यस्तै शैक्षिक मेला अन्तरगत वडानम्वर १ र २ मा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गतिविधिहरुको प्रदर्शनी स्टलहरु राखिने छ भने सवै विद्यालयको तहगत रुपमा अतिरिक्त क्रियाकलापको प्रतिष्प्रधा गराईनेछ । जसमा कक्षा ६ देखि १० सम्मका विद्यार्थिहरुलाई “लैंगिक तथा घरेलु हिंसाले बालबालिकामा परेको असर” विषयक वक्तित्वकला गरिनेछ भने कक्षा ४ र ५ को चित्रकला प्रतियोगिता तथा कक्षा १ देखि ३ सम्मको हस्तलेखन (अक्षर प्रतियोगिता) गराईने भएको छ ।

कार्यक्रममा स्थानीय उत्पादनमा आधारित कृषि वस्तुहरुको बिक्रि तथा प्रदर्शनीका लागि पनि स्थानीयलाई आग्रह गरिएको छ । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्नका लागि सवै सरोकारवाला पक्षसंग सहकार्य र आर्थिक साझेदारीका लागि पहल गर्ने समेत निर्णय गरिएको छ ।
वैठक तथा छलफल कार्यक्रममा कार्यपालिका सदस्य हंश राना, वडा सदस्य चन्द्रकला जैगडी, नेपाली काँग्रेसका जिल्ला सदस्य चन्द्र बहादुर जैगडी, नेकपा माओवादी केन्द्रका कार्यालय सचिव कमल थापा, कुन्ती माविका प्रधानाध्यापक मदन बहादुर बोगटी, सिकाई केन्द्रका उपाध्यक्ष तथा प्रगतीशिल आधारभूत विद्यालयका विव्यिस अध्यक्ष मनिराम थापा, जाल्पादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक रेखा नेपाली, मालिका आधारभूत विद्यालयका प्रधानाध्यापक पम्फा रावल, स्वास्थ्यचौकी कुन्तीका ईञ्चार्ज तेजराज नाथ, महिला सकारीका अध्यक्ष दुर्गा नाथ, कुलदेव सामुदायिक वनका अध्यक्ष हरी थापा, कालिका सामुदायिक वनका सचिव बिर्ख राना, युवा समाजसेवी खडक राना, शेर बहादुर राना, सिकाई केन्द्रका सहसचिव लक्षे कामी, सदस्य बिरु कामी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन सिकाई केन्द्रका सहजकर्ता निर्मला पाल थापाले गर्नुभएको थियो ।


