दशैं तिहार सामान्य रुपमा मनाउन नगर प्रमुख कुँवरको आग्रह

चण्डिकामा १४ लाखको लागतमा निर्मित मन्दिरको उद्घाटन

साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले दशै तिहारलाई तडकभडक नभई सामान्य रुपमा मनाउन नगरबासिलाई आग्रह गर्नुभएको छ । साँफेबगर नगरपालिका वडा नं.८ चण्डिकास्थित नवर्निमित मनकामनादेवि मन्दिरको उद्घाटन गर्दै नगर प्रमुख कुँवरले चाडपर्वलाई रमाईलो गर्ने क्रममा तडकभडक रुपमा मनाउदा आर्थिक व्ययभार बढ्ने तर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

Samajik New Add 2082

चाड मनाइदै गर्दा यसका तरिकामा पनि तडकभडकले गर्दा विकृति थपिँदै गएका कारण सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले धार्मिक तथा समाजिक सद्भाव कायम गरेर चाडपर्ब मनाउन पर्नेमा जोड दिनुभयो । चाडपर्व मनाउंदा सबैको अस्तित्व स्विकार गर्दै आपसी भाइचाराको भावनाले मनाउनुपर्ने वताउनुभयो । धार्मिक तथा सामाजिक सदभाव कायम गरेर आफ्ना चाडपर्व मनाउनुपर्न बताउनुभयो । नगर प्रमुख कुँवरले धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्नु पर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख कुँवरले कोरोनाको उत्तिकै जोखिम रहेकाले सुरक्षित तरिकाले दशै मनाउन समेत सुझाब दिनु भयो । चाडपर्बका बेला दुर्घटनाको बढी जोखिम हुने भएको सावधानी अपनाउन आग्रह गर्नुभयो । साँफेबगर नगरपालिकाको ६ लाख, वडा कार्यालयको २ लाख र वाँकी ६ लाख स्थानीयको सहयोग र श्रमदानबाट गरी १४ लाखमा उक्त मन्दिरको निर्माण लेखा समितिका संयोजक शम्भु कुँवरले जानकारी दिनुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक कुँवरको अध्यक्षतामा सम्पन्न भएको मन्दिरको उद्घाटन कार्यक्रममा साँफेबगर नगरपालिका वडा नं.८ चण्डिकाडिका अध्यक्ष टंकबहादुर कुँवर, वडा सदस्य डम्वर कुँवर, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवर लगायतको सहभागिता रहेको थियो । स्थानीय पदम कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन रमेश कुँवरले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.