सामाजिक विकास कार्यालय अछाम द्धारा मंगलसेनमा समन्वयात्मक वैठकः सवै तहका कार्यालयहरु विच उचित समन्वय हुनुपर्नेमा प्रजिअ लम्सालको जोड

Kirci Gyan Kendra

होम साउद, अछाम १८ मंसिरः

Samajik New Add 2082

शैक्षिक विषयहरुमा स्थानीय तहका शिक्षा तथा सामाजिक विकास शाखासंग समन्वय वैठक मङ्गलसेनमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयोजना र १० वटै स्थानीय तहको सहभागीतामा कार्यक्रम गरिएको हाे ।

सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्मर बहादुर रावलकाे अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी शिव पसाद लम्साल प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै उहाले १० पालिकाकाे सहभागीतामा महत्वपूर्ण विषयमा छलफल भएको बताउनुभयो । यस्तो समन्वयात्मक वैठकले काम गर्ने दाैरानमा सहज हुने उहाँको भनाइ छ । संघ, प्रदेश र स्थानीय तहबाट कार्यक्रमहरु गरिदा एक आपसमा उचित समन्वय गरेर अघि बढ्दा दाेहाेराेपना नहुने र थप प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय अछामबाट आवश्यक पर्ने स्थानमा समन्वय र सहकार्यका लागि तयार रहेकाे उहाँको भनाइ छ ।

Saud Agro Kailash

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ अछामका कार्यालय प्रमुख अम्वादत्त जाेशीले शुभकामना मन्तव्य राख्नुभएको थियो  भने सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्मर बहादुर रावलले कार्यालयकाे गत आर्थिक वर्षकाे समिक्षात्मक विवरण सहित चालू आर्थिक वर्षकाे बजेट तथा कार्यक्रमबारे प्रस्तुतिकरण राख्नुभएको थियाे । साथै उहाँले सहभागीहरु विच कार्यक्रम कार्यान्वयनका क्रममा के कसरी समन्वय र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल गराई सुझाव संकलन गर्नुभएको थियो ।

कार्यक्रममा अछामका प्रहरी नायव उपरिक्षक ईश्वरी प्रसाद भण्डारी, राष्ट्रिय अनुसन्धान अधिकृत डिल बहादुर चाैधरी, जिल्ला अस्पताल अछामका नर्सिङ ईञ्चार्ज गंगा बुढामगर लगायत अतिथि रहनुभएकाे थियो भने अछामका सवै स्थानीय तहका शिक्षा र सामाजिक विकास शाखा प्रमुख तथा पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।

सामाजिक विकास कार्यालयका प्राविधिक सहायक राजु कुमार शाहकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन सव ईञ्जिनियर भविष्य खत्रीले गर्नुभएको थियाे ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.