
ज्ञानदिप आधारभूत विद्यालय मङ्गलसेन नगरपालिका ३, लाछिमनाकाे १९ औं अभिभावक भेला उदघाटन समाराेह सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष देबेन्द्र बहादुर बाेगटीकाे अध्यक्षतामा भएको कार्यक्रममा मङ्गलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बाेहरा प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै उहाले असल संस्कार सहितको शिक्षा आजकाे आवश्यकता भएको बताउनुभयो । बालबालिकालाई शिक्षा दीक्षा संसंगै असल आचरण र नैतिकवान बनाउन जरुरी रहेकोमा जाेड दिनुभयो । सामुदायिक विद्यालयकाे समग्र विकासका लागि नगरपालिका प्रतिवद्द रहेकाे नगर प्रमुख बाेहराकाे भनाइ छ ।

वडानम्वर ३ का अध्यक्ष तथा सामाजिक विकास समिति संयाेजक बिर्ख बहादुर बाेगटी बिशिस्ट अतिथि रहनुभएकाे कार्यक्रममा मङ्गलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु महत, वडानम्वर ५ का अध्यक्ष झंकर प्रसाद भाट, शिक्षा शाखाका प्रास दिपक भण्डारी, नगरपालिकाका एमआईएस अपरेटर एकेन्द्र बाेगटी, वडानम्वर ३ का पूर्व अध्यक्ष पदम सिंह भाट, शिव निवास आधारभूत विद्यालयका प्रधानाध्यापक नर बहादुर रावल, देवल आधारभूत विद्यालयका प्रधानाध्यापक नगेन्द्र प्रसाद ढुंगाना, समाजसेवी भक्त बहादुर बाेगटी, षाेडशा देवी माविका प्रधानाध्यापक बृकेश सिंह बाेगटी, शिक्षक अभिभावक संघ अध्यक्ष गाेबिन्द बाेगटी, काप्रे सिमभिटा सामुदायिक वनका अध्यक्ष राजेशबाबु बाेगटी, समाजसेवी कल्लान सिंह बाेगटी, अभिभावककाे तर्फबाट तपेन्द्र बाेगटीले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
प्रधानाध्यापक महेन्द्र बाेगटीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उदघाटन कार्यक्रममा शिक्षक तिलसरा भाटले स्वागत मन्तव्य राख्नुभएको थियोे भने सञ्चालन शिक्षक कर्ण बहादुर धामीले गर्नुभएको थियाे ।
कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु राखिएको थियोे भने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।


