
राष्ट्रिय स्ववतन्त्र पार्टीअछामको प्रथम जिल्ला भेला मङ्गलसेनमा सम्पन्न भएको छ । पार्टीका जिल्ला संयाेजक ओमप्रकाश रावलकाे अध्यक्षतामा भेला गरिएको हाे ।


भेलामा पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्वर ७ का प्रतिनिधिसभा सदस्य गणेश पराजुली पमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रमका विशिष्ट अतिथीमा सुदूरपश्चिम प्रदेश उपसभापति नरेन्द्र खड्का रहनुभएकाे थियाे ।
पार्टीका जिल्ला सचिव दिपक महरले सञ्चालन गर्नुभएको भेलामा जिल्ला उपसभापति जीवन कुमार शाहले राख्नुभएको थियो भने मंगलसेनबाट दिपक बहादुर साउद, ढकारीबाट ताराप्रसाद भण्डारी, रामाराेशनबाट भरत चन्द बटाला, क्षेत्रीय निर्वाचन समितिबाट जीवन तिमिल्सेना र सेतीराम भण्डारीले मन्तब्य राख्नु भएकाे थियाे ।
साे भेलाबाट पदेन सदस्य सहित २३ जनाकाे जिल्ला समिती गठन गरिएकाे छ ।

