प्रेस सेन्टर अछामको अध्यक्षमा परियार

छैठौं जिल्ला अधिवेशन साँफेबगरमा सम्पन्न

Kirci Gyan Kendra

अछाम – प्रेस सेन्टर नेपाल जिल्ला समिति अछामको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

Samajik New Add 2082

छैटौं जिल्ला अधिवेशनको बन्दशत्र बाट रमेश परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन भएको छ । जस्को उपाध्यक्षमा शंकर थापा, सचिव लालबहादुर चँदारा, कोषाध्यक्ष तुलक्षा बोहरा, सह – सचिव नेत्र बहादुर साउँद, सदस्य कमल थपा, मनोज कुमार सार्की, रमिता विक, टेकराज विक रहेका छन ।

सेन्टरका कार्यवाहक अध्यक्ष रमेश परियारको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पहल साउँदले प्रमुख अतिथिको आसनबाट बोल्दै संचारकर्मीहरुलाई अहिलेकाे पत्रकारिता फरक ढंगले गर्नुपर्ने र आफ्नो पहिचान देखाउँदै अहिलेकाे डिजिटल जमाना अनुसार पत्रकारिताका क्रियाकलापहरु अगाडी बढाउनुपर्ने बताउनु भयो । साथै उहाँले प्रेस सेन्टर नेपालले आफ्नो फरक पहिचान देखाउनुपर्ने पनि बताउनु भयो ।

Saud Agro Kailash

मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउँदले विशिस्ट अतिथिको आसनबाट बोल्दै जिल्ला स्थित सम्पूर्ण मिडियाकर्मीहरुले आफ्नो आस्था विचार जुनसुकै ठाउँमा भए पनि पत्रकारिता पेशालाई मर्यादित बनाउन सामुहिक रुपमा एकताबद्द भएर अघि बढन र जनपक्षीय काम गर्न आग्रह गर्नुभएको छ ।

यस्तै प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव निमेन्द्र शाहीले विशिस्ट अतिथिको आसनबाट बोल्दै प्रगतिशील पत्रकारहरुलाई एकीकृत गर्दै सामाजिक न्याय र लोकतन्त्रको पक्षमा काम गर्ने, पत्रकारहरुको आवाज बुलन्द हुनुपर्ने बताउँदै प्रेस स्वतन्त्रताको प्रबर्द्धन र समाज प्रति उत्तरदायी हुनुपर्ने बताउनु भएको छ ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ अछामका निवर्तमान अध्यक्ष खम्म सिंह खत्री, नेपाल पत्रकार महासंघ अछामका सह सचिव एकेन्द्र महता, पत्रकार महासंघ अछामका पूर्व सचिव तथा मंगल मिडियाका अध्यक्ष हाेम साउद, नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष गिता कुँवर, नेपाल प्रेस युनियन अछामका सचिव तारामान खड्का, प्रेस चौतारी अछाम कल्पना बोहरा, उद्योग बाणिज्य संघ अछामका दल बहादुर साउँद, राष्ट्रिय दलित पत्रकार संघ नेपाल अछामका पूर्व अध्यक्ष सुरत सुनार, माओवादी केन्द्र साँफेबगरका नेत्र परियार, एकीकृत अखिल नेपाल शिक्षक संगठन साँफेबगरका रुप कुमार ओड, अनेमसंघ (क्रान्तिकारी ) का मिना अधिकारी, जिल्ला स्थित अन्य जनवर्गीय संगठनकाहरुका प्रमुख तथा प्रतिनिधिहरु र जिल्ला स्थित मिडियाका पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

प्रेस सेन्टर अछामका सदस्य मनोज भुलले स्वागत मन्तव्य राख्नुभएको अधिवेशनको संचालन पत्रकार लालबहादुर चदाराले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.