विभिन्न विधेयकहरु पारित गर्दै मंगलसेन नगरसभाको १४ औ हिउदे अधिवेशन सम्पन्न

Kirci Gyan Kendra

मंगलसेन नगरपालिका नगरसभाको १४ औ हिउदे अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख पदम बहादुर बोहराको अध्ययक्षतामा भएको अधिवेशनले विभिन्न विधेयकहरु संसोधन गर्दै पारित गरेको छ ।

Samajik New Add 2082

अधिवेशनमा यो आर्थिक बर्षको हाल सम्म भए गरेका गतिविधिको समिक्षा गरिनुका साथै केही महत्वपूर्ण विधेयकहरु संसोधन गर्दै पारित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो । प्रशासकीय अधिकृत सोडारीका अनुसार केही वडाका विकास निर्माणका योजनाहरुको बजेट तथा शिर्षक समेत संसोधन गरिएको छ । यो अधिवेशन महत्वपूर्ण अधिवेशन भएकाले नगरका अन्य विधेयकपनि पारित गरिएको उहाको भनाई छ ।

आइतबारको अधिवेशनमा पनि नगरलाई कार्य सम्पादन गर्न सहज बनाउने उदेश्यका साथ आवश्यकपर्ने कानुन संसोधन गरिनुका साथै वार्षिक अनुगमन प्रतिवेदन २०८१ को समिक्षाका तथा पारित गरिएको बताउनुभयोे । रेडियो गाउँघर संग कुराकानी गर्दै प्रशासकीय अधिकृत सोडारीले अधिवेशनको शुन्य समयमा बोल्ने प्रतिनिधिहरुले प्रस्तुत विधेयक माथी महत्वपूर्ण सुझाव सहित राय राखेको हुदा आगामी दिनमा यस विषयलाई थप सुधार गरेर लैजाने बताउनुभएको छ ।

Saud Agro Kailash

अधिवेशनमा सभाध्यक्षले दिनुभएको महत्वपूर्ण समयमा बोल्ने प्रतिनिधिहरुले संसोधन गरेर पारित गरिएका विधेयक माथि आ आफ्नो धारण राख्दै आगामी दिनमा विगतका कमजोरी नदोहोरिने गरि काम कार्बाही अघि बढाउन सुझाव दिएका थिए भने केही प्रतिनिधिहरुले वडा तथा नगरका योजनाहरुको बजेट तथा शिर्षक संसोधन गर्दा आवश्यक परामर्श नगरेको गुनासो समेत राखेका थिए ।

नगरको कमजोर व्यवस्थापनको कारणले नगर भित्रका वडाहरुमा अहिले पनि नागरिकहरुले छिटो छरितो सेवा नपाएको, विगतमा जनाएका केही प्रतिबद्धताहरु कार्यन्वयन नभएको र वडा कार्यालयका प्रशासनिक भवनहरु निर्माण गर्दा नगरको स्रोत साधनको दायरा भित्र रहेर निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

सभामा नेपाली काग्रेसको तर्फबाट खकेन्द्र बहादुर रावल र नेकपा एमालेको तर्फबाट बृख बहादुर बोगटीले बोल्नुभएको थियो । सभामा सभाका उपाध्यक्ष तथा नगर उप प्रमुख संगीता रावल सोडारीले संसोधन गरिएका योजनाहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.