सामाजिक विकास कार्यालय अछामद्वारा महिलाका लागि निशुल्क लाेकसेवा तयारी कक्षा सञ्चालन

Kirci Gyan Kendra

महिलाहरुकाे लागि निशुल्क लाेकसेवा तयारी कक्षा मङ्गलसेनमा सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय अछामकाे आयोजनामा कक्षा सुरु गरिएको हाे ।

Samajik New Add 2082

सहायक चाैथाे र पाँचौ तहका लागि माघ १२ देखि फागुन ११ सम्म कक्षा सञ्चालन गर्ने गरि शनिबार बिहान उदघाटन गरिएको छ । सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर रावलकाे अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत सन्तोष बिक प्रमुख अतिथि रहनुभएकाे थियाे ।

Saud Agro Kailash

कार्यक्रममा बाेल्दै उहाले लाेकसेवाकाे लागि मेहनत प्रमुख कुरा भएको बताउनुभयो । यसमा निरन्तरकाे प्रयासले सफल हुन सकिने भन्दै बिकले महिलालाई सहजताकाे लागि सामाजिक विकास कार्यालयले गरेकाे काम सराहनिय भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमको बिशिस्ट अतिथि निमित्त क्याम्पस प्रमुख तथा सह प्राध्यापक मान बहादुर बुढा रहनुभएकाे थियोे भने मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारी, पत्रकार लगायतका अतिथि रहनुभएकाे थियाे ।

उदघाटन कार्यक्रमकाे सञ्चालन कार्यालयका प्राविधिक सहायक राजु कुमार साहले गर्नुभएको थियाे । ४० जना महिलाहरुकाे सहभागीता रहेकाे लाेकसेवा तयारी कक्षामा अछाम जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत अधिकृतहरुले प्रशिक्षण गराउने कार्यतालिका रहेकाे सामाजिक विकास कार्यालयले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.