रामाराेशन शैक्षिक रुपान्तरण अभियान: सरिता मावि शान्तडामा बृहत कार्यक्रम

Kirci Gyan Kendra

रामारोशन शैक्षिक रुपान्तरण अभियान अन्तरगत वडा स्तरिय जागरण भेला रामारोशन गाउँपालिका वडा नं ३ को सरिता माद्यामिक विद्यालय शान्तडामा सम्पन्न भएकाे छ ।

Samajik New Add 2082

समग्र गाउपालिकाकाे शैक्षिक स्तर वृद्धि गर्नका लागि बृहत् छलफल गर्दै जागरण फैलाउने हेतुले सञ्चालनमा रहेको जागरण अभियान सवै वडामा निरन्तर चलिरहेको छ ।

Saud Agro Kailash

सरिता माविमा मंगलबार सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर साउँद, उपाध्यक्ष सिर्जना देवी वुढा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी, शिक्षा शाखा प्रमुख नविन ओझा अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी पार्टीका प्रतिनिधि तथा वडा स्थित विद्यालयका विव्यस अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, अविभावक तथा विद्यार्थीको उपस्थिति रहेकाे थियाे ।

Health office
Everest Incitute

Comments are closed.