मङ्गलसेन नगरपालिका ५ द्वारा ९६ जना एकल महिलालाई सम्मान

सवैलाई ब्ल्याङ्केट वितरण गरियाे

Kirci Gyan Kendra

अछाम:

Samajik New Add 2082

मङ्गलसेन नगरपालिका वडानम्वर ५ ले एकल महिलाहरुलाई सम्मान गरिएको छ । सहिद दिवसको अवसर पारि वडा भित्रका ९६ जना एकल महिलाहरुलाई सम्मान सहित व्ल्याङ्केट वितरण गरिएको हाे ।

वडाकाे चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तरगत एकल महिलाहरुकाे सम्मान र प्राेत्साहनका लागि ब्ल्याङ्केट वितरण गरिएको वडा अध्यक्ष झंकर प्रसाद भाटले बताउनुभयाे ।

Saud Agro Kailash

वडा अध्यक्ष झंकर प्रसाद भाटकाे अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नगर प्रमुख पदम बहादुर बाेहरा प्रमुख अतिथि रहनुभएकाे थियाे भने अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल बिशिस्ट अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ अछामका प्रमुख अम्बादत्त जाेशी, मङ्गलसेन नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु महत, ब्रह्माकुमारी विश्वविद्यालयका सञ्चालक ब्रह्माकुमारी कबिता, बजार विकास समाजका अध्यक्ष गाेपाल बाेगटी, वडाका जनप्रतिनिधिहरु र वडा सचिव उर्मिला जिसी लगायतका सराेकारवालाहरुकाे उपस्थिति रहेको थियो ।

कार्यक्रमकै अवसरमा २०५८ सालकाे द्वन्द्वकालिन घट्नामा ज्यान गुमाएका मङ्गलसेन ५ का सहिद रुपराज ढुंगानाका तस्बिरमा माल्यार्पण गरि श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियोे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.