सामुदायिक सिकाई केन्द्रका पदाधिकारीहरुलाई शैक्षिक तथ्यांक अद्यावधिक कार्यशाला

Kirci Gyan Kendra

अछाम:
सामुदायिक सिकाई केन्द्रका पदाधिकारीहरुका लागि १ दिने शैक्षिक तथ्यांक अद्यावधिक कार्यशाला मङ्गलसेनमा सम्पन्न भएको छ । मङ्गलसेन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम गरिएको हाे ।नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलकाे अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनुभएकाे थियाे ।

Samajik New Add 2082
Saud Agro Kailash

कार्यक्रममा बाेल्दै उहाले सिकाई केन्द्र मार्फत जति कार्य गर्नुपर्ने हाे त्याे हुन नसकेकोले अवका दिनमा थप राम्रो र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । सिकाई केन्द्रकाे कार्यालय पनि नियमित रुपमन सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

नगरभित्रका ५ वटा सिकाई केन्द्रका अध्यक्ष, सामाजिक परिचालक र उच्चतम विद्यालयका ईमिस फाेकल शिक्षककाे सहभागीता रहेको कार्यक्रममा सहभागीकाे तर्फबाट ठुलासैन सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जनक राज भण्डारीले सुझाव मन्तव्य राख्नुभएको कार्यक्रमकाे सहजिकरण शिक्षा अधिकृत जगत बहादुर रावल, आन्तरिक लेखापरीक्षक शालिमान साउद र प्रास दिपक भण्डारीले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.