चौतारी अछामको अध्यक्षमा कृष्ण बुढा र सचिवमा कमल रावल

छैठौं जिल्ला अधिवेशन मंगलसेनमा सम्पन्न

Kirci Gyan Kendra

माघ २५ अछाम:
प्रेस चौतारी अछामको छैटौं जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशन बन्दसत्रले कृष्ण बहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

Samajik New Add 2082

कमिटीकाे उपाध्यक्षमा रमण भट्ट र आकाङ्क्षा सिंह, सचिव कमल रावल, सहसचिव चन्द्र भाट, रेणुका परियार र कोषाध्यक्ष माया जैसी लगाएतका सदस्य रहेका छन ।

Saud Agro Kailash

त्यसैगरि अधिवेशनबाटै प्रदेस र केन्द्रीय प्रतिनिधि पनि चयन गरिएको छ । जसमा टेक बहादुर थापा, एकेन्द्र महता, कल्पना बोहरा र पुष्पराज भट्ट, विष्णु प्रसाद भण्डारी, भानु ढकाल, माया देवि बुढा रहेका छन।

यसअघि अधिवेशनकाे उदघाटन सत्र टेक बहादुर थापाको अध्यक्षता र एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज झपट बाेहराकाे प्रमुख आतिथ्यतमा भएको थियाे । कार्यक्रममा केन्द्रीय सदस्य कमल तिमिल्सिना प्रमुख अतिथि रहनुभएकाे थियाे भने प्रदेश सदस्य कमल रावल, जिल्ला सचिव भिम रावल, प्रेस चाैतारीका केन्द्रीय सदस्य वसन्त बिक, प्रेस चाैतारीका प्रदेश अध्यक्ष कृष्ण ओली, प्रेस युनियनका मेनुका ढुंगाना, प्रेस सेन्टरका हाेम साउद लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

उदघाटन समाराेहकाे सञ्चालन कमल रावलले गर्नुभएको थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.