
अछाम:

नेकपा माओवादी केन्द्र साँफेबगर नगर कमिटी तेस्राे सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । आईतवार सम्पन्न अधिवेशनले रंग बहादुर ठकुल्लाकाे अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हाे ।

कमिटीको उपाध्यक्षमा हिरण्य बहादुर ठकुल्ला, नृप बहादुर कुवँर, मिना अधिकारी कुवँर, सचिव नेत्र परियार, सहसचिव मान बहादुर ठकुल्ला, काेषाध्यक्ष किरण परियार लगायत अन्य सदस्य रहेका छन ।
नगर अधिवेशनको यसअघि सम्पन्न उदघाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज शरद सिंह भण्डारी, केन्द्रीय सदस्य दिपक साउद, लाेक बहादुर बाेहरा “ज्वाला” लगायतका नेताहरूले सम्वाेधन गर्नुभएको थियो ।
यसैबीच: माओवादी केन्द्र मेल्लेख गाउँपालिका कमिटी अध्यक्षमा गम्भीर साउद सर्वसम्मत भएका छन । शुक्रबार सम्पन्न पालिका अधिवेशनको बन्दसत्रबाट साउदकाे नेतृत्वमा सर्वसम्मत रुपमा ३३ सदस्यीय गाउपालिका कमिटी चयन गरिएको जनाईएकाे छ ।
जसको वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद उपाध्याय, उपाध्यक्ष राजेन्द्र बुढा, पदम रोकाया, सचिव गणेश बुढा, सह सचिव गोरख बोहरा, कोषाध्यक्ष इन्द्रा सार्की, सदस्य कर्ण साउँद लगायत रहेका छन ।

