३० औं जनयुद्ध दिवसको अवसरमा अछामको रामारोशनमा बिशाल कार्यक्रम गरिदै

Kirci Gyan Kendra

३० औं जनयुद्ध दिवसको अवसरमा अछामको रामारोशनमा बिशाल कार्यक्रम गरिने भएको छ । नेकपा माओवादी केन्द्र र नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) को रामारोशन पालिका कमिटीले संयुक्त रुपमा दिवस मनाउने भएका हुन ।

Samajik New Add 2082

देशको आमुल परिवर्तनका लागि २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको सुरुवात गरेको दिनलाई भव्यताका साथ मनाउने योजना अनुसार रामारोशन गाउँपालिकाको मुजाबगरमा बिशाल जनसभा तथा साँस्कृतिक कार्यक्रम गर्न लागिएको छ ।

Saud Agro Kailash

जनयुद्धको उपलव्धि स्वरुप नेपालमा गणतन्त्र स्थापना देखि संघियता, समावेशी, समानुपातिक प्रणाली स्थापीत भएकोले यस दिवसलाई उल्लासमय बनाउन कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र रामारोशन गाउँपालिका ईञ्चार्ज पहल साउदले बताउनुभयो । जनसभा मार्फत पछिल्लो समय जनयुद्धका उपलव्धिलाई अवमुल्यन गर्ने गरि आईरहेका अभिव्यक्तिहरुको पर्दाफास गर्रिने उहाँले बताउनुभयो ।

जनयुद्धलाई अपमानित गर्नेगरि बोल्नेहरुको भण्डाफोर गर्न जनयुद्ध दिवसलाई भव्य रुपमा मनाउन लागिएको नेकपा अछामका सचिव निरक सी ले बताउनुभयो ।

कार्यक्रममा सहिद परिवार सम्मान लगायत विविध साँस्कृतिक झाँकिहरु पनि प्रस्तुत गरिने छ । रामारोशन गाउँपालिकाका सवै वडाबाट साँस्कृतिक टिमको सहभागीता रहने नेकपा माओवादी केन्द्र रामारोशन गाउँपालिका कमिटी अध्यक्ष खकेन्द्र साउदले बताउनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.