सुर्य चन्द्र मावि कालिमाटीमा विद्यार्थीसँग ट्राफिक प्रहरी कार्यक्रम

Kirci Gyan Kendra

सुर्य चन्द्र माध्यमिक विद्यालय साँफेबगर नगरपालिका १ वैद्यनाथ कालिमाटीमा विद्यार्थीसँग ट्राफिक कार्यक्रम सम्पन्न भएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जिल्ला ट्राफिक कार्यालय अछाम साँफेबगरको विद्यालय सम्पर्क कार्यक्रम अन्तरगत विद्यार्थीलाई ट्राफिक सम्बन्धि अनुशिक्षण गरिएको हो ।

विद्यालयमा अध्यनरत सम्पुर्ण छात्र १ सय २४ छात्रा १ सय ४६ गरि जम्मा २ सय ७० जना विद्यार्थीलाई अनुशिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख प्रहरी हवल्दार जयहरी चन्दले बताए ।

कार्यक्रमको सहजिकरण गर्दै हवल्दार चन्दले बिद्यार्थीलाई ट्राफिक नियमको पुर्ण पालना, सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक चिन्ह तथा संकेत बारे जानकारी, सुरक्षित यात्रा सहितको सडक प्रयोग सम्बन्धमा बिद्यार्थीको मुख्य भुमिका बारे सचेतना जगाउनु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.