जनयुद्ध दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण

Kirci Gyan Kendra

३० औं जनयुद्ध दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । वाईसिएल नेपाल अछाम र अखिल क्रान्तिकारी अछामको संयुक्त आयोजनामा जिल्ला अस्पतालमा भर्ना रहेका १८ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

Samajik New Add 2082

फलफुल वितरण कार्यक्रममा वाईसिएल नेपालका केन्द्रिय सचिव तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिव बोगटी, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य वैजन्ती कुवर, अस्पतालका प्रमुख डा. कमलेश कुमार यादव, अखिल क्रान्तिकारी प्रदेश कमिटी सचिव कमल थापा, जिल्ला अध्यक्ष पंकज साउद र सचिव बम बहादुर रावल लगायत अखिल क्रान्तिकारी र वाईसिएलमा आवद्ध युवा विद्यार्थि र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Saud Agro Kailash

फलफुल वितरण पश्चात एक आपसमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.