३० औं जनयुद्ध दिवसको अवसरमा अछामको मुजाबगरमा विशाल जनसभा तथा बृहत् सास्कृतिक कार्यक्रम सम्पन्न

माओवादी केन्द्र र नेकपाका नेताहरुद्वारा सम्वाेधन, समाजवादी क्रान्तिका लागि सबै माओवादी घटक एकजुट हुनुपर्नेमा जाेड

Kirci Gyan Kendra

 अछाम:

Samajik New Add 2082

३० औं जनयुद्ध दिवसको अवसरमा अछामको मुजाबगरमा विशाल जनसभा तथा बृहत् सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा विप्लव रामाराेशन गाउपालिका कमिटीको आयाेजनामा कार्यक्रम गरिएको हाे ।

नेकपा माओवादी केन्द्र रामाराेशन गाउपालिका कमिटी अध्यक्ष खकेन्द्र साउदकाे अध्यक्षतामा भएको जनसभालाई नेकपा माओवादी केन्द्र र नेकपाका नेताहरुले सम्वाेधन गरेका थिए भने विभिन्न सास्कृतिक कार्यक्रम तथा सहिद परिवार सम्मान कार्यक्रम गरिएको थियाे ।

कार्यक्रमलाई सम्वाेधन गर्दै कार्यक्रमका प्रमुख बक्ता नेकपाका स्थायी कमिटी सदस्य भरत सी ले क्रान्ति चाहने र परिवर्तन चाहनेहरुका लागि जनयुद्ध दिवस ठुलाे आस्थाको केन्द्र भएको बताउनुभयो । आजको राज्य व्यवस्था जनयुद्धको उत्पादन हाे भन्दै उहाँले जनयुद्धलाई कसैले उपहास गर्नु नमिल्ने बताउनुभयो ।

२०५२ साल फागुन १ गते सुरु भई १० वर्षसम्म चलेकाे जनयुद्धको उपलव्धि स्वरुप नेपालमा आमूल परिवर्तन भई गणतन्त्र, संघियता, समावेशी समानुपातिक व्यवस्था कार्यान्वयनमा रहेकोले सम्पूर्ण परिवर्तनको श्रेय जनयुद्ध र माओवादी पार्टीकै भएको उहाँको भनाइ थियाे ।

Saud Agro Kailash

यस्तै कार्यक्रमका अर्का प्रमुख बक्ता नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम ईञ्चार्ज शरदसिं भण्डारीले जनता आफैले अन्याय अत्याचार बिरुद्ध लडेकाे जनयुद्ध महान भएको बताउनुभयो । अहिलेकाे सवैखाले परिवर्तनहरु माओवादी र जनयुद्धको उपलब्धिकाे रुपमा रहेको भन्दै उहाले माओवादीले मात्रै देशको समृद्धि दिनसक्ने बताउनुभयो । अब माओवादी घटकहरु एकजुट भएर समाजबादी क्रान्तिका लागि अघि बढ्ने भण्डारीकाे भनाइ थियो ।

पूर्व माओवादी नेता रामबहादुर थापालाई लक्षित गर्दै भण्डारीले थापा सूर्य मुनिकाे हुस्सु भएको र उनी जेल जानुपर्ने व्यक्ति भएको बताउनुभयो ।

जनसभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री झपट साउद, केन्द्रीय सदस्य दिपक साउद, नेकपाका केन्द्रीय सदस्य तथा अछाम ईञ्चार्ज मिना सी, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य लाेक बहादुर बाेहरा (ज्वाला), प्रदेश कमिटी सदस्य तथा रामाराेशन गाउपालपकाका प्रथम उपाध्यक्ष सरस्वती रावल, रामाराेशन गाउपालिका वडानमवर २ का अध्यक्ष मीन बहादुर परियारले सम्वाेधन गर्नुभएको थियोे ।

वक्ताहरुले माओवादी धार कमजोर बन्दा जनयुद्ध र माओवादी बिराेधिहरु सल्बलाईरहेकाले जनयुद्धका उपलब्धि रक्षा र समाजवादी क्रान्तिका लागि सवै माओवादी घटकहरु एकजुट हुनुपर्नेमा जाेड दिएका थिए ।

कार्यक्रमकाे अवसरमा जनयुद्धको अवधिमा सहिद भएका रामाराेशन गाउपालिकाका विभिन्न वडाका सहिद परिवारलाई सम्मान समेत गरिएको थियो ।

नेकपा अछामका सचिव निरक सी ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमकाे सञ्चालन दल बहादुर साउदले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.