एमाले साँफेबगरको अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न

Kirci Gyan Kendra

साँफेबगर ।
नेपाल कम्युनिष्ट पार्टी एमाले साँफेबगर नगर संगठन कमिटीको तीन महिने जरा (वडा) केन्द्रित अभियान अन्तरगत अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेला साँफेबगरमा सम्पन्न भएको छ।

Samajik New Add 2082

नेपाल कम्युनिष्ट पार्टी एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष हिरण्ड बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो।

अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट बोहरा रहनु भएको थियो। प्रमुख अतिथि बोहराले तीनै तहका सरकारले सीमा भित्र रहेर बजेट ल्याउनु पर्ने बताउनु भएको छ।

Saud Agro Kailash

उहाँले मन्द रहेको आर्थिक अवस्थालाई तीव्र रुपमा अगाडि बढाउने, नेपाली जनताले राखेको इच्छा र आकांक्षालाई आर्थिक रुपान्तरण गर्ने रोजगारीका अवसरहरु सिर्जना गर्न ऐतिहासिक बजेटको आवश्यकता रहेको बताउनु भएको छ। यस्तै उहाँले आगामि बजेट जनताले चाहेको आर्थिक परिवर्तनका लागि सम्बाहक हुने बताउनु भएको छ।

यस्तै उहाँले अहिलेको गठबन्धनको सरकारमा दरार आउन नहुने बताउनु भएको छ। उहाँले कुनै विषयवस्तुमा छलफल गर्नु पर्ने भए गठबन्धनको संयन्त्र माध्यमबाट बैठक बसेर निकास दिईनु पर्ने बताउनु भएको छ।

अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेला मार्फत फागुन ४ गते देखि १९ गते सम्म साँफेबगर नगरपालिकाका सबै वडामा वडा केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको छ।

अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेलामा नेकपा एमाले केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का इन्चार्ज कमल तिमिल्सैना, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य मिन बहादुर कुँवर, खगेन्द्र रोकाया, नेकपा एमाले उपभोक्ता हित संरक्षण तथा आयोगक केन्द्रीय सदस्य देव बहादुर कुँवर, नेकपा एमाले लेखा आयोगका केन्द्रीय सदस्य बालगिरी कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य राम बहादुर बुढा, हिरण्ड भट्टराई, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्र बहादुर बोहरा नेकपा एमाले जिल्ला कमिटी सचिवादय सदस्य रमेश कुँवर, जिल्ला कमिटी सदस्य पुष्पराज भट्ट, सुरत भुल, चक्र सुनार, रुप बहादुर कुँवर, अम्बीका खड्का कुँवर लगाएतका नेता कार्यकर्ताको उपस्थिति रहेका थियो।

नेकपा एमाले नगर कमिटी सदस्य पूर्ण बहादुर बुढाले स्वागत मन्तव्य राख्नु भएको अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेलाको संचालन सचिव भिम बडाहितले गर्नु भएको थियो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.