
अछामः

नेकपा माओवादी केन्द्र अछाम क्षेत्र नम्वर १ अन्तरगतका पालिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित पालिका कमिटीका पदाधिकारीहरुलाई पार्टीलाई डिजिटलाईजेशन गर्ने सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

संघिय निर्वाचन क्षेत्र १ का ईन्चार्ज दिपक बहादुर साउदको अध्यक्षता र जिल्ला ईन्चार्ज एवं केन्द्रिय सदस्य शरद सिंह भण्डारीको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरणमा वैकल्पिक केन्द्रिय सदस्य लोक बहादुर बोहरा (ज्वाला), पार्टीका प्रदेश कमीटी सचिवालय सदस्य पहल साउद, सरस्वती रावल, प्रदेश कमिटी सदस्य राम बहादुर थापा, जीवनविक्रम साउद लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्टीको डिजिटल प्रणालीबारे क्षेत्र नम्वर १ अन्तर्गतका स्थानिय तहका पार्टी कमिटीका निर्वाचित पदाधिकारीहरुलाई अभिमुखिकरण गराईनुका साथै बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो ।


