
रामारोशन गाउँपालिका ६, भटाकाटिया स्थित गतिशील कृषी सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शेयर सदस्य र सरोकारवालाहरुको उपस्थितिमा भव्य रुपमा साधारणसभा गरेको हो ।


सधारणसभाको उदघाटन समारोहमा संविधान सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज शरद सिह भण्डारी प्रमुख अथिती रहनुभएको थियो । कार्यक्रममा बिशिष्ट अथिती रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउद र नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवं क्षेत्र नम्वर १ का इन्चार्ज दिपक बहादुर साउद रहनुभएको थियो ।
कार्यक्रममा वैकल्पिक केन्द्रिय सदस्य एवं मेल्लेख गाउँपालिकाका प्रथम अध्यक्ष लोक बहादुर बोहरा (ज्वाला) लगायत विभिन्न राजनीति दलका प्रतिनिधि, सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरु अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न चेतनामूलक र साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।


