वडा केन्द्रित जरा अभियान ८४ मा बहुमत ल्याउन होः उपाध्याय

वडा केन्द्रित कार्यक्रम मनपा ६ मा सम्पन्न

Kirci Gyan Kendra

पवन खत्रीः नेकपा एमाले अछामको ३ महिने वडा केन्द्रित अभियान अन्तरगत जरा अभियान आमसभा कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर ६ मा सम्पन्न भएको छ । वडा कमिटी सदस्य राजु देवि भण्डारीको अध्यक्षातामा भएको कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य शिव प्रसाद उपाध्याय प्रमुख अतिथी रहनु भएको थियो ।

Samajik New Add 2082

प्रमुख अतिथी उपाध्यायले यतिबेलाको वडा केन्द्रित ‘जरा अभियान ८४ मा बहुमत ल्याउने अभियान भएको बताउनु भयो । आगामी चुनावमा एकल बहुमत हासिल गर्ने लक्ष्यसहित अघि बढाइएको मिसन ८४ अभियानलाई सशक्त बनाउन नेता कार्यकर्ता लाग्न निर्देशन समेत दिनु भयो । निरन्तर ३ महिना सम्मको अभियान भएकाले आफ्नो जिम्मेवारीबाट पछि नहट्न समेत उपाध्यायले आग्रह गर्नु भयो ।

Saud Agro Kailash

कार्यक्रममा बिशिष्ट अतिथी सविधान सभा सदस्य भैरे कामीले संगठन सुदृढीकरण, जनताको चासो र गुनासो संकलन तथा समाधानको पहल  “जरा अभियान वडा केन्द्रित कार्यक्रम भएकाले यसलाई सफल बनाउनु पर्ने बताए । अभियानले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या र आवश्यकताहरू बुझ्ने, समाधानका लागि पहल गर्नुका साथै एमाले माथि भइरहेको साइबर आक्रमणको प्रतिकार गर्नु भएकोमा जोड दिनु भयो । अर्का बिशिष्ट अतिथी मंगलसेन नगरपालिका नगर प्रमुख पदम बोहराले नेतृत्वमा भएका राम्रा कामहरू जनतासम्म पुर्याउने र जनताको सुझाव संकलन गरी समृद्धिको योजना निर्माण गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको जानकारी दिए ।एमाले सरकारले गरेका हरेक राम्रा काम जनता सामु पुर्याउनु नेताकार्यकर्ताको दायित्त्व भएकाले त्यहि अनुरुप अघि जोड् दिनु भयो ।

कार्यक्रममा शुदुर पश्चिम प्रदेशका स्कुल बिभाग उपाध्यक्ष रतन प्रसाद ढुंगाना, जिल्ला कमिटि सदस्य तथा वडा नम्बर ६ का ईन्चार्ज पुस्पराज भण्डारी, मंगलसेन नगर कमिटि सचिब डम्बर रावल चन्द्र भण्डारी, शिक्षक संगठनका राजेश्वर भण्डारी, वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, सदस्य जन्मराज भण्डारी लगाएतका अतिथी रहनु भएको थियो । कार्यक्रमको संञ्चालन वडा कमिटी सचिब बेदराज भणडारीले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.