
अछाम जेसीजले युवा क्लबलाई खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर ४ स्थित प्रगतिशिल युवा क्लवका युवा खेलाडिहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।


खेलकुदमा युवाहरू अझै जागरुप तथा उच्च मनोवल बढाउने लक्ष्यका साथ भलिबल र नेट हस्तान्तरण गरिएको बर्ष २०२५ का अध्यक्ष जितमान बोहराले बताउनु भयो ।
खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष बोहरा सहित कार्यकारिणी उपाध्यक्ष झनक अधिकारी, कोषाध्यक्ष आनन्द साउद, उपाध्यक्ष पुष्प केसी लगाएतको सहभागीता रहेको थियोे ।

