मंगलखबरले छुट्टै परिचय र पहिचान बनाएको छः नगरप्रमुख बोहरा
तेस्रो बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

अछामः मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले मंगलखबर डटकम अनलाईनले तिन बर्षको अवधिमा छुट्टै परिचय र पहिचान स्थापित गर्न सफल भएको बताउनु भयो ।

तिन बर्ष पहिले आफ्नो सेवा सुरु गरेको अनलाईनले जिल्लामा छुट्टै पहिचान स्थापित गरि आम नागरिकको मन मुटुमा बस्न सफल भएको बताउनु भयो ।
मंगल मिडियाद्धारा संचालित मंगलखबर डटकमको तेस्रो बार्षिकोत्सव तथा सम्मान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै नगर प्रमुख बोहराले अहिलेको समय सूचना मैत्रीको युग भएकाले मंगलखबरले खेलेको भुमिकाको प्रसंशा गर्दै अन्याय, अत्याचार तथा सामाजिक कुप्रथाका विरुद्ध जहिले पनि आवाज उठाउन सुझाव दिनु भयो । २००७ देखि २०७२ सम्मका परिवर्तनमा पत्रकारको महत्वपुर्ण भुमिका रहेकाले अझै पत्रकारका कलम सशक्त भएर उदाउनु पर्ने बताउनु भयो ।
मंगल मिडियाका संचालक समिति अध्यक्ष होम बहादुर साउँदको अध्यक्षातामा भएको कार्यक्रममा नेकपा एमाले अछामका सचिव भिम बहादुर रावलले समाजमा लुकेका घटेका धटना सत्य तथ्य प्रकाशन गर्ने कार्य मंगलखबरले गरेको बताउनु भयो । विगतमा राम्रो गरेको बताउदै आगामि दिनमा निरन्तरता दिदै व्यक्ति, दलगत कुरा भन्दा आम नागरिकका आवाज बुलन्द गराउनु पर्ने बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकिय अधिकृत सन्तोष विकले डिजिटल संचार माध्याम मंगलखबरले जिल्लामा छुट्टै पहिचान बनाउन सफल भएकोमा शुभकामना व्यक्त गर्नु भयो । संचार माध्यामले हतारका भरमा छिटो प्रकाशन र प्रसारण गर्ने होडबाजी चलाउनु भन्दा सत्यतामा ध्यान दिन आग्रह गर्नु भयो ।
मंगलसेन नगरपालिकाका प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले समाजका लागि संचार माध्यामको तर्फबाट मंगलखबरले उल्लेख्य योगदान गरेको भन्दै प्रसंशा गर्नु भयो ।आफ्नो मुख्य जिम्मेवारीबाट माथि उठ्दै सामाजिक उत्तरदायित्वको जिम्मेवारी पनि वहन गरेकाले आगामि दिनमा यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।
त्यसैगरि कार्यक्रममा अछाम बुहमुखी क्याम्पसका प्रमुख धुब्र कुमार शाहीले समाज रुपान्तरणको साधन संचार माध्याम भएकाले हरेक कुरा उजागर गर्नुपर्ने बताउनु भयो । अनलाइन मिडिया भएकाले विश्वका जुनसुकै कुनाबाट पनि नागरिकको सहभागिता हुने गरि अनलाईन माध्यामबाट समेत सहभागिता जनाउने वातावरण आगामि दिनमा सिर्जना गर्नुपर्ने बताए ।
अर्का अतिथी अछाम अस्पताल विकास समितिका अध्यक्ष शिब बहादुर बोगटीले दलगत पत्रकारिता भन्दा समाजमुखी पत्रकारिता गर्न आग्रह गर्नु भयो । यतिबेला सरकारले ल्याएको मिडिया बन्देजको अध्यादेशको समेत अछामका सबै पत्रकारले खबरदारी गर्दै आफ्ना हकहितका लागि बुलन्द आवाज उठाउनु पर्ने बताउनु भयो ।

बार्षिकोत्सव कार्यक्रममा मंगलसेन नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी नागरिक अगुवा पत्रकारले आगामी दिनमा निरन्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका अध्यक्ष होम बहादुर साउँदले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामि दिनमा हरेक क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नु भएको थियो ।
व्यवस्थापक नेत्र साउँदको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कार्यकारी सम्पादक कमल कुमार रावलले गर्नु भएको थियो ।
मंगलखबरको बार्षिकोत्सवको अवसरमा विभिन्न संगठनमा निर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई
मंगल मिडियाद्धारा संचालित मंगलखबर डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा विभिन्न संगठनमा आबद्ध भइ निर्वाचित व्यक्तीलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।
बार्षिकोत्सवको अवसरमा मंगलखबर डटकमका कार्यकारी सम्पादक कमल कुमार रावल प्रेस चौतारी अछामको सचिवमा कानुनी सल्लाहकार विष्णु प्रसाद जैसी नेपाल निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश कमिटी सचिवमा निर्वाचित भएकोमा र व्यवस्थापकको रुपमा महत्त्वपूर्ण सहयोग गरेकोमा पार्वती बिष्टलाई सम्मान सहित बधाई ज्ञापन गरिएको हो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ अछामको अध्यक्षमा निर्वाचित रमेश रावत, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सचिवमा निर्वाचित धनराज साउँद, प्रेस चौतारी नेपाल अछामको अध्यक्षमा निर्वाचित कृष्ण बहादुर बुढा, प्रेस सेन्टर अछामको अध्यक्षमा निर्वाचित रमेश परियार, पत्रकार महासंघ अछामको वरिष्ठ उपाध्यक्षमा निर्वाचित टेक बहादुर थापा र नेपाल निजामती कर्मचारी संगठन अछामको अध्यक्षमा निर्वाचित मंगल खबरका सल्लाहकार जगत बहादुर रावललाई बधाई ज्ञापन गरिएको हो ।
आगामी दिनमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथी मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले खादा र प्रमाणपत्र हस्तान्तर गरेर सम्मान तथा बधाई ज्ञापन गर्नु भएको थियो ।



