
पवन खत्री : नेपाल रेडक्रस साेसाईटी उपशाखा जनालिबण्डालिकाे २८ औं भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

भेलाले भेलाले राजेश्वर भण्डारीकाे सभापतित्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे हो ।

जसमा उपसभापति रन्जना भण्डारी, सचिब पदम थ्यायत, उपसचिब दुर्गा प्रसाद जैसी, काेषाध्यक्ष नगेन्द्र प्रसाद भण्डारी, सहकोषाध्यक्ष दुर्गा प्रसाद भण्डारी, सदस्य भुमिराम जैशी, चन्द्र प्रसाद भण्डारी, टंक प्रसाद ढुङ्गाना वल बहादुर थ्यायत, हेमराज भण्डारी रहेका छन ।
त्यसअघि उदघाटन समारोहमा सविधानसभा सदस्य भैरे कामी प्रमुख अतिथि रहनु कार्यक्रममा बिशिस्ट अतिथि नेपाल रेडक्रस सोशाईटी जिल्ला शाखा अछामका सदस्य शान्ति शाहि रहनु भएको थियो ।
अन्य अतिथि वडा नम्बर ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, वडा नम्बर ७ अध्यक्ष राज बहादुर शाहि रहनु भएको थियो ।

