अछाम जिल्लामा १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु, मन्त्री खड्काद्वारा उद्घाटन

Kirci Gyan Kendra
Saud Agro Kailash

अछाम : अछाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गरिएको छ। बुधबार सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले १५ औं राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गरे।

कार्यक्रम बोल्दै मन्त्री खड्काले स्थानीय स्तरबाट हुने खेलहरुले खेलाडी छनोटमा महत्त्वपूर्ण योग्दान दिने बताए । राष्ट्रपति रनिङ शिल्डले अछामको खेल क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए । आफु र आफ्नो मातहत रहेको मन्त्रालयले खेल क्षेत्रको बिकास र प्रबर्द्धनका लागि सक्दो क्षमताले भ्याए सम्म काम गरिरहेको र गरिरहने प्रतिबद्धता जनाए ।यो प्रतियोगिता केवल खेल मैदानमा सीमित नभएर,खेलाडीहरुको सपना साकार पार्ने अभियान भएको खेलकुद अनुशासन, मेहनत, आत्मविश्वास, र सफलता प्राप्त गर्ने मार्ग भएकाले बताए ।

खेलकुद भनेको केवल प्रतिस्पर्धा मात्र नभई समाज विकासको महत्वपूर्ण पक्ष रहेको, खेलकुदले खेल मात्रै नभई अनुशासन, नेतृत्व विकास,आत्मबल बढाउँने र देशभक्तिको भावना पैदा गर्ने बताए ।

अछामका खेलाडीहरुमा जोश, जाँगर, र क्षमता कुनै पनि अन्य ठाउँभन्दा कम नभएको तर, खेलाडीहरूको उचित प्रशिक्षण, सुविधा र अवसरको अभावले गर्दा धेरै प्रतिभाहरू ओझेलमा परेका मन्त्री खड्काले बताए ।

प्रदेश सरकारका तर्फबाट खेलकुद पूर्वाधार, खेल सामग्री, प्रशिक्षक, छात्रवृत्ति तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जस्ता महत्वपूर्ण पहलहरूलाई अघि बढाइरहेका विद्यालयस्तरीय खेल प्रतियोगिताहरूलाई थप व्यवस्थित गर्दै राष्ट्रिय स्तरमा पुर्याउने, प्रतिभाशाली खेलाडीहरूलाई पहिचान र अवसर प्रदान गर्ने, सुदूरपश्चिममा खेल पर्यटन प्रवर्द्धन गर्दै खेललाई रोजगारीको माध्यम बनाउने लक्ष्य लिएर काम गरिरहेको बताए ।

चौरपाटी गाउँपालिकाको विशाल खेलमैदान सहित अन्य खेल पूर्वाधारको विकास गरि समग्र खेल क्षेत्रको प्रवर्द्धन गर्न आफ्नो तर्फबाट आगामी दिन समेत उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । खेलकुद मात्र नभई समग्र अछाम र सुदूरपश्चिमको विकासका लागि प्रतिवद्ध रहेको मन्त्री खड्काले बताए ।

©nirakarankbr

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.