राजनिती लडाइ जित्न पार्टी एक ढिक्का हुनुपर्छ: एमाले अध्यक्ष बोहरा

वडा केन्द्रित अभियान मंगलसेन १४ मा सम्पन्न

Kirci Gyan Kendra

नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले राजनिती लडाइ जित्नका लागि पार्टी एक ढिक्का भएर अघि बढनु पर्ने बताउनु भएको छ । पार्टी भित्र मनमुटाव, टुटफुट भएमा पार्टीको देश बनाउने योजना समेत असफल हुने भएकाले सबैलाई एकताबद्ध हुन अध्यक्ष बोहराले आग्रह गर्नु भयो । नेकपा एमाले मंगलसेन नगरपालिका १४ कालागाउको वडा केन्द्रित जरा अभियान कार्यक्रममा बोल्दै देशमा हरेक परिवर्तन एमाले सरकारको पालामा भएकोले हरेक नेता कार्यकर्ताले जनता सामु लिएर जानुपर्ने बताए ।

Samajik New Add 2082
Saud Agro Kailash

वडा कमिटी अध्यक्ष लोकेश कुवरको अध्यक्षतामा भएको बैठकले पार्टीले तय गरेकाे तीन महीने वडा केन्द्रीत अभियानलाई सफल पार्नका लागि विभिन्न निर्णय समेत गरेकाे छ । बैठकबाट पार्टीकाे केन्द्रीय कमिटीले गरेकाे निर्णय अनुसार अन्तर पार्टी निर्देशन ११ काे अध्ययन तथा कार्यान्वयन गर्नुका साथै जिल्ला कमिटी अछामकाे पन्ध्राै बैठकले गरेकाे सर्कुलर कार्यान्वयन गर्ने, तीन महिने वडा तथा टाेल केन्द्रीत अभियानकाे कार्ययाेजना तथा कार्यसुचि निर्माण गर्ने, वडा तहमा प्रशिक्षण कार्यक्रम गर्ने लगाएतका निर्णय गरिएका छन ।

बैठकमा नेकपा एमाले प्रदेश कमिटी सदस्य भिम जनाला, स्कुल विभाग उपाध्यक्ष रत्न प्रसाद ढुगाना, जिल्ला सचिवालय सदस्य तथा मंगलसेन नगरपालिका ईन्चार्ज लिलाराज केसी, सचिवालय सदस्य तथा तुर्माखाद गाउँपालिका ईन्चार्ज नरेश कुमार शाहि, जिल्ला कमिटी सदस्य तथा मंगलसेन नगरपालिका उपप्रमुख संगिता रावल सोडारी, मंगलसेन नगरपालिका वडा नं १४ का वडा अध्यक्ष शिव बहादुर साेडारीले अभियानकाे सफलताकाे शुभकामना मन्तब्य राख्दै पार्टीले ल्याएकाे वडा केन्द्रीत अभियानले नेकपा एमाले सरकारमा रहदा गरेका महत्वपुर्ण कार्यहरूकाे प्रचार हुने र अब जनताले याे देशकाे समृद्धी एमाले बिना नहुने ठम्याएर ८४ मा एमालेलाइ एकल बहुमतकाे सरकार बनाउने बताउनु ।भयाे ।

बैठककाे संञ्चालन वडा कमिटीका सचिव एकेन्द्र साेडारीले गर्नु भएकाे थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.