सम्मान तथा बधाई कार्यक्रम गंगा माविमा सम्पन्न

Kirci Gyan Kendra

पवन खत्री: गंगा माध्यमिक विद्यालयमा संचालित NCC को ५० औं ब्याचको कार्यक्रममा सहभागि क्याडेड विद्यार्थीलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

Samajik New Add 2082

गोरखबक्स गण मंगलसेन अछामले विद्यालयमा NCC लागु गरेपछि अन्तिम चरणमा पश्चिम शिक्षालय काेहलपुर बाकेमा २१ दिनको सामुहिक तालिममा सबै विधामा उत्कृष्ट प्रदर्शन गरेकोमा विद्यार्थी तथा निजका अभिभावकलाई गोरख बक्स गणले सम्मान गरेको ह‍ो ।

गंगा माविमा ७९ दिनको तालिम र कोहलपुरमा २१ दिनको तालिममा देशका १५ विद्यालयमा प्रथम बनाएका विद्यार्थी मदन भण्डारी र निजकी आमालाई दोसल्ला ओढाई सम्मान र विद्यालयलाई मायाको चिनो गोरख बक्स गण मंगलसेनका गणपति संगम अधिकारीले हस्तान्तरण गर्नु भएको थियोे ।

Saud Agro Kailash

कोहलपुरमा प्रथम भई अछाम तथा गणको नाम राख्न सफल भएकाले आगामी दिनमा NCC लागुका लागि आफ्नो प्रयत्न जारी रहने गणपति अधिकारीले बताउनु भयो ।

NCC तालिमले विद्यार्थीमा अनुशासन, खेलकुदमा उत्कृष्ट हुन सफल भएकाले विद्यालयको तर्फबाट धन्यवाद समेत ज्ञापन गरिएको प्रधानाध्यापक मोतीराम भण्डारीले बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चक्र प्रसाद भण्डारी, पुर्ब अध्यक्ष चन्द्र प्रसाद भण्डारी, अभिभावक, शिक्षक,विद्यार्थीको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.