
अछाम । भारतको गुजरात राज्यस्थित सुरत शहरमा रोजगारीको सिलसिलामा बस्दै आएका अछाम जिल्लाको एक परिवारकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। ती बालिका भारतमै ४६ वर्षीय चिनजानकै नेपाली पुरुषबाट बलात्कृत भएको बताईएको छ । बालिकाको परिवारले आरोपितको नाममा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।


प्रारम्भिक अनुसन्धान अनुसार बालिकामाथि करिब ७ महिना अघि भारतमै बलात्कार भएको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीका अनुसार बुवा-आमासहित बालिका भारतमै थिइन्। भारतमै रहेका बेला उनीमाथी गएको साउन २६ गते करणी भएको थियो । करणीबारे कहिकतै बताए ज्यान मार्ने धम्कि दिए पश्चात् परिवारहरु नेपालमा फर्किएकोमा हाल बालिकाको अस्वभाविक रुपमा पेट बढेपछि जाँच गर्दा गर्भवति रहेको खुलेको हो ।
बालिका बलात्कृत भएको बिषयमा जिल्ला प्रहरी कार्यालय अछाममा यहि फागुन ४ गते जाहेरी पश्चात् आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । आरोपित पुरुषको खोजी गरि पक्राउ गर्न प्रहरीले कुटनितिक पहल सुरु गरेको प्रहरी नायव उपरिक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।

