
डडेल्धुरा:

नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव गिरिराजमणि पाेखरेलले भ्रष्टहरुलाई जाेगाउन बनेकाे याे सरकारले ६ महिनामा ४ प्रतिशत भन्दा रिजल्ट दिन नसकेको बताउनुभएको छ ।
डडेल्धुराकाे आलितालमा प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशकाे तेस्रो अधिवेशनकाे उदघाटन समारोहलाई सम्वाेधन गर्दै पाेखरेलले वर्तमान सरकारले अध्यादेशबाट लाेकतान्त्रिक पद्धतिलाई आक्रमण गर्न खाेजिरहेकाे बताउनुभयो ।

अहिलेकाे सरकार भ्रष्टाचारी जाेगाउन बनेको भन्न नसकेर संविधान संसाेधन भनेपनि त्याे नहुने उहाँको तर्क छ ।
पाेखरेलले पार्टीलाई सुधार गर्दै अघि बढ्न बाहिरी गठबन्धन र आन्तरिक गुटबन्दीबाट मुक्त हुनुपर्नेमा समेत जाेड दिनुभयाे । पार्टीले अब आफ्नो वर्ग र उत्पिडित समुदाय तर्फ फर्केर गतिविधि अगाडि बढाउन लागेको भन्दै उहाले पछिल्लो समय पार्टी पंति एकतावद्द भएको उल्लेख गर्नुभयो ।
झापाबाट सुरु भएकाे पार्टीको अभियानले नयाँ उर्जा दिने उहाँको भनाइ छ । याे अभियान सकिए संगै पार्टी रुपान्तरणका अन्य अभियानहरु पनि सञ्चालन गरिने उपमहासचिव पाेखरेलले बताउनुभयो ।
क्रान्तिकारी पत्रकारहरुले देशभक्त पत्रकारकाे रुपमा आफुलाई स्थापित गर्न आग्रह गर्दै उहाले प्रेस सेन्टरले अझ सशक्त ढंगले अघि बढ्नुपर्ने बताउनुभयो ।

