टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको विशेष कार्यक्रम सम्पन्न

Kirci Gyan Kendra

काठमाडौँ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा सेना दिवस-२०८१ आज फाल्गुण १४ गते विविध कार्यक्रमहरू सहित मनाइएको छ ।

Samajik New Add 2082

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको सुरुमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पहार चढाइ सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही-२०८१ विमोचन गर्नुका साथै फ्री-फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः सेनानी जगन्नाथ दनै र अमल्दार मित्र बहादुर राना मगरलाई पुरस्कार प्रदान  गरे । त्यसैगरी कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने नेपाली सेना सहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीका प्रमुखहरूलाई उपहार प्रदान गरे ।

Saud Agro Kailash

समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

सो अवसरमा प्रधानसेनापतिले गैरसैनिक क्षेत्रका ब्यक्तित्वहरुलाई प्रधानसेनापति प्रशंसा निसान तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता-२०८१ मा प्रथम तथा द्वितीय हुने क्रमशः उपत्यका पृतना र उत्तर पश्चिम पृतनालाई पुरस्कृत गरेका थिए ।

समारोहमा सम्माननीय उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, पूर्व प्रधान सेनापतिहरू, मित्रराष्ट्र भारतका पूर्व स्थल सेनाध्यक्षहरु, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, महामहिम राजदूतहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, सैनिक सहचारीहरू, युवा आदान प्रदान कार्यक्रममा सहभागी बिभिन्न देशका क्याडेटहरु र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.