कमलबजार बिमानस्थल संचालनका लागि पर्यटन मन्त्रीको ध्यानाकर्षण
‘यसै आर्थिक बर्षमा काम अगाडी बढाईने पर्यटन मन्त्री आलेको आश्वासन‘
अछाम । कमलबजार बिमान स्थल संचालनका लागि अछाम जिल्लाका सांसद सहितको एक प्रनितिधी टोलीले मन्त्रीलाई निवेदन सहित आग्रह गरेको छ । सिंहदरबार स्थित संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेर अछामका सांसद तथा नेताहरुले बिमान स्थल तत्काल संचालनका लागि बजेट व्यावस्था गर्न आग्रह गरेका हुन् ।

अछाम जिल्लाका १९ जनाको प्रतिनिधी मण्डलले संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेलाई भेटेर कमलबजार बिमान स्थल संचालनका लागि धावन मार्ग पिच गर्न र अन्य काम यथाशक्य छिटो गर्नका लागि निवेदन सहित आग्रह गरिएको पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख तथा कांग्रेस महासमिती सदस्य अम्बिका चलाउनले बताईन् ।
बमलबजार बिमान स्थल निर्माण भएर टेष्ट फलाईट भईसकेको र आर्थिक बर्ष २०७६७७ तथा ०७७०७८ मा स्तरबृद्धी र धावन मार्ग पिचका लागि बजेट बिनियोजित भएर रेड बुकमा समेत उल्लेख गरी विस्तृत अध्ययन एवंम सर्भे गरिएपनि हाल सम्म काम हुन नसकेको भन्दै तत्काल काम अगाडी बढाउन सहयोग लागि मन्त्री समक्ष आग्रह गरिएको उनले बताईन् ।
अब छिट्टै धावन मार्ग पिच गरेर हवाई सेवा संचालन गर्न आग्रह गरिएकोमा मन्त्री सकरात्मक रहेको र तत्काल काम अगाडी बढाउने आश्वासन प्राप्त भएको उनको भनाई छ । मन्त्रीले बिमानस्थल संचालनका लागि यसै आर्थिक बर्ष काम सुरु हुने गरी क्याबिनेट बैठकबाट निर्णय गर्ने आश्वासन दिएका कांग्रेस प्रतिनिधी कमल बहादुर बुढाले जानकारी दिए ।
उक्त प्रतिनिधी मण्डलमा प्रतिनिधी सभा सदस्य राम बहादुर बिष्ट, राष्टिय सभा सदस्य शेर बहादुर कुवँर, पूर्व सांसद अक्कल बहादुर बिष्ट, कांग्रेस महासमिती सदस्य बल बहादुर कुवँर लगायत १९ जना अछामका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
-suduraaja
