युगाण्डामा हुने महिला टी-२०आई शृंखलामा नेपालसहित चार टिम सहभागी

Kirci Gyan Kendra

१७ फागुन, काठमाडौं ।

Samajik New Add 2082

यही मार्च दोस्रो सातादेखि युगाण्डामा सुरु हुने महिला क्रिकेट शृंखलामा चार देशको सहभागिता रहने भएको छ । मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको बीचमा टी-२०आई शृंखला हुने भएको हो ।

शृंखलामा सबै टोलीले एकअर्कासँग २-२ खेल खेल्ने छन् । चार टिमको लिगमा शीर्ष दुई टोलीबीच फाइनल हुनेछ भने तेस्रो र चौथो स्थानको टोलीका बीचमा तेस्रो स्थानका लागि खेल हुनेछ ।

नेपालले पहिलो खेल मार्च ८ मा नामिबियासँग खेल्ने छ । त्यस्तै दोस्रो खेल ९ मार्चमा युगाण्डासँग, तेस्रो खेल १० मार्चमा हङकङसँग खेल्ने छ ।

Saud Agro Kailash

चौथो खेलमा १२ मार्चमा नामिबियासँग, पाँचौं खेल १३ मार्चमा युगाण्डासँग र छैटौं खेल १४ मार्चमा हङकङसँग खेल्ने छ ।

नेपाली टोली शृंखला खेल्न मार्च ५ मा युगाण्डातर्फ प्रस्थान गर्नेछ ।

शृंखलाका लागि पहिलो चरणको क्याम्पमा १८ जना खेलाडीहरूलाई प्रशिक्षणमा पनि बोलाइसकिएको छ । क्याम्पमा केही नयाँ खेलाडीहरू पनि छन् ।

टोलीमा यू-१९ विश्‍वकप खेलेका तीन नयाँ खेलाडीहरू छन् जसमा सना प्रवीन, रिया शर्मा र सीमाना केसी छन् । त्यस्तै शोभा रोकाया समावेश हुँदा शबनम राई फर्किएकी छन् भने सिता रानामगर टोलीमा छैनन् ।

१८ जना खेलाडीहरूमा कप्तान इन्दु बर्मा, रचना कुमारी चौधरी, राजमती ऐरी, अलिसा कुमारी यादव, सबनम राई, सना प्रवीन, रुबिना क्षेत्री, ममता कुमारी चौधरी, कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, रिया शर्मा, सम्झना कुमारी खड्का, पुजा महतो, विन्दु रावल, मनिषा कुमारी उपाध्याय, शोभा रोकाय, सीमाना केसी छन् ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.