
साँफेबगर – नेकपा एमाले चौरपाटी गाउँपालिका ५ लुंग्राको वडा कमिटी मातृभूमि जागरण अभियानमा समाहित भएको छ ।
एमाले वडा कमिटीको आइतबार बसेको भेलाले पुरै वडा कमिटी भीम रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियानमा समाहित हुने निर्णय गरेको हो ।


साथै भेलाले भक्त बहादुर खड्काको संयोजकत्वमा मातृभूमि जागरण अभियानको वडा स्तरीय तदर्थ समिति पनि गठन गरिएको रतन रावलले जानकारी दिनुभयो ।


