राजनीतिक स्थायीत्वका लागि वर्तमान सरकार गठन भएकोः उपप्रधानमन्त्री सिंह

पुनःनिर्माण सम्पन्न पश्चात मंगलसेन दरबारको उदघाटन गरियो

Kirci Gyan Kendra

होम साउद, अछाम १९ फागुनः

Samajik New Add 2082

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र स्थायीत्व दिनका लागि वर्तमान सरकार गठन भएको बताउनुभएको छ । अछाम सदरमुकाम मंगलसेनमा पुनःनिर्माण भएको मंगलसेन दरबारको उदघाटन गर्दै मन्त्री सिंहले राजनीतिक स्थायीत्व र स्थिरता नभईकन जनताले चाहेको विकास निर्माणका कार्य अघि बढाउन नसकिने बताउनुभयो ।

Saud Agro Kailash

छोटो समयमै सरकार परिवर्तन हुदा जनताहरुले विकासको अनुभुति गर्न नपाएको भन्दै संविधानमा उल्लेखित अधिकारहरु सवैले उपभोग गर्न पाउने र जनताको सेवामा सहजता ल्याउनका लागि वर्तमान सरकार लागिरहेको बताउनुभयो ।

मंगलसेन दरबारको पूर्ण योजना अनुसार बाँकी रहेका कामहरु पुरा गर्नका लागि संघिय सरकार र सहरी विकास मन्त्रालय प्रतिवद्ध रहेको मन्त्री सिंहको भनाई छ । जिल्लाकै पहिचानकव रुपमा रहेको मंगलसेन दरबारको पुनःनिर्माण सम्पन्न हुनु खुसिको कुरा भएको उल्लेख गर्दै यसको पहिचान र ऐतिहासिक महत्वबारे नयाँ पिढीलाई जानकारी दिन जरुरी रहेको बताउनुभयो । सरकारी कार्यालयहरुका पूर्वाधार र मंगलसेन नगरपालिकाले दिएको ज्ञापनपत्रहरुमा समेटिएका पूर्वाधार निर्माणका कामहरु अघि बढाउन पहल गरिने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख ललित कुवरकव अध्यक्षतामा भएको दरबार उदघाटन कार्यक्रममा अछाम क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा पूर्व संघिय पर्यटनमन्त्री जीवनबहादुर शाही, प्रदेशसभा सदस्य मान बहादुर रावल, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले मन्तव्य  राख्नुभएको थियव । कार्यक्रममा दरबार निर्माण आयोजनाबारे विस्तृत जानकारी सहितकव स्वागत मन्तव्य सहरी विकास तथा भवन निर्माण विभागका महाँनिर्देशक मचाकाजी महर्जनले राख्नुभएको थियो भने सञ्चालन जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत सन्तोष बिकले गर्नुभएको थियो ।

सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजना डोटी मार्फत पुनःनिर्माण सुरु भएको १६ वर्ष पछी दरबार निर्माण कार्य सम्पन्न भएको हो । २०६५ सालमा पुनःनिर्माण सुरु भएको दरबार २ करोड ४८ लाखको लागतमा निर्माण भएको हो । दरबारले ३२० वर्गमिटर क्षेत्रफल चर्चेको छ भने समग्र दरबार क्षेत्र ९६० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । तत्कालिन अवस्थामा जिल्ला प्रशासन लगायत सरकारी कार्यालयहरु स्चालनमा रहेको दरबार माओवादी जनयुद्धको बेला २०५८ साल फागुन ४ गतेको आक्रमणमा ध्वस्त भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.